सोमबारको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या १५ हजार नाघेको अधिकारीहरूले जनाएका छन्।
सीएनएनका अनुसार टर्कीमा कम्तिमा १२ हजार ३ सय ९१ जनाको मृत्यु भएको छ भने सिरियामा २ हजार ९ सय ९२ जनाको मृत्यु भएको छ। भग्नावशेष भित्र फसेकाहरुकाे उद्धार जारी छ। मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएकाे छ।
विश्व स्वास्थ्य संगठनले भूकम्पबाट ती दुवै देशमा गरी दुई करोड ३० लाख मानिस प्रभावित हुने अनुमान गरेको छ। सोमबार स्थानीय समयानुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
प्रकाशित: २६ माघ २०७९ ०६:२९ बिहीबार