२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बन्द भयो चीनमा सिसाको पुल

बेइजिङ—चीनमा दुई हप्ता अघि मात्र संचालनमा आएको विश्वकै पहिलो सिसाको पुल बन्द भएको छ।

चीनका अधिकारीले उक्त सिसाको पुल भएको क्षेत्रमा केहि मर्मत कार्य भैरहेकाले शुक्रबार रातीबाट उक्त पुल बन्द गरिएको जनाएका छन्। उनीहरुले मर्मतकार्य सम्पन्न भएपछि पुन उक्त पुल संचालनमा ल्याउने बताएका छन्।

तर केहि स्थानीय संचार माध्यमले भने मानिसहरुको अत्याधीक चापका कारण उक्त पुल बन्द गरिएको दाबी गरेका छन्।

३.४ मिलियन लागतमा बनेको ४ सय ३० मिटर लामो सिसाको पुलले हुनान राज्यका दुई पाहाडलाई जोडेको छ।

उक्त पुलले ८ हजार मानिस धान्न सक्ने भए पनि दैनिक २० हजार मानिस भ्रमणमा जाने गरेका थिए।

अधिकारीहरुले पहिले नै नाम दर्ता गराइसकेका भ्रमणकारीमा पर्ने असुबिधाप्रती क्षमा मागेका छन्।

उक्त पुल भ्रमणका लागि पहिले नै नाम दर्ता गराइसकेको एक यात्रुले सामाजीक संजालमा भनेका ‘ मैले पहिले नै नाम लेखाइसकेको छु अहिले तिमीहरु सिसाको पुल बन्द भयो भन्छौ, के तिमीहरु जिस्किरहेका हौ?'

उक्त पुल अगस्ट २६ बाट सर्वसाधरणका लागि संचालनमा आएको थियो।

 

 

प्रकाशित: १८ भाद्र २०७३ ११:५७ शनिबार

चीनमा सिसाको पुल