२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बम विस्फोट गराउने १२ देखि १४ वर्षीय बालक

अङ्कारा– टर्कीको एक विवाह समारोहमा बम विस्फोट गराउने व्यक्ति १२ देखि १४ वर्षको बालक रहेको टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले जानकारी दिएका छन्। सो हत्याकाण्डपछि आइतबार स्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका हुन्।

उनले सो पत्रकार सम्मेलनमा भने ‘प्रारम्भिक सूचनाअनुसार यो बम विस्फोटमा संलग्न एक बालक रहेको र उसको उमेर १२ देखि १४ वर्षको रहेको पाइएको छ। उनले विस्फोटमा संलग्न आत्मघाती हमलाकारी रहेको र हमलामा आईएसको हात रहेको बताए। यस आक्रमणमा आईएस समूहको योजना रहेको प्रारम्भिक सू्चनामा पाइएको र यसको खोजी अझै व्यापक मात्रामा भइरहेको पनि उनले बताए।

उनले सो हमला अत्यन्तै शक्तिशाली भएको भन्दै यसको अनुसन्धान आवश्यक मात्रामा सुरु भएको जानकारी दिए। उनले उक्त हमलामा ५१ जनाको मृत्यु हुनका साथै ९७ जना घाइते भएका थिए । घाइते मध्य १७ जनाको अवस्था गम्भिर रहेको छ।

प्रकाशित: ६ भाद्र २०७३ १०:३६ सोमबार

बम विस्फोट गराउने १२ १४ वर्षीय बालक