८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विवाह समारोहमा गरिएको आक्रमणमा ५१ को मृत्यु

टर्की–सिरियाको सीमा क्षेत्रमा पर्ने टर्कीको सहर घाजियान्टेपमा शनिबार अबेर राति एक विवाह समारोह भइरहेको एक स्थानमा भएको बम आक्रमणमा परी ३० व्यक्तिको मृत्यु भएको छ ।     यो बम आक्रमण इस्लामिक स्टेट्स आइएस समूहले गराएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले दावी गरेका छन् ।

घाजियान्टेपका गभर्नर अलि येर्लिकायाद्वारा प्रकाशित एक विज्ञप्तिमा विवाह समारोह लक्षित यस विभत्स आतङ्ककारी आक्रमणमा परी अन्य ९४ जना घाइते भएका छन् ।     राष्ट्रपति इर्डोगानद्वारा प्रकाशित एक विज्ञप्तिमा टर्कीले असफल सैनिक विद्रोह गराउने इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी सद्वगठन (एफइटिओ), कुर्दिस वर्करस् पार्टी (पिकेके) इस्लामिक स्टेटस् (आईएस) समूहहरु एक किसिमका भएका र यी समूहबीच फरक  नभएको बताएका छन् ।

अमेरिकामा स्वघोषित निर्वासनमा रहेका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि गत १५ जुलाइमा भएको असफल ‘कू’ प्रयासको आरोप राष्ट्रपति इर्डोगानले लगाउँदै आएका छन् । तर गुलेन र उनका समर्थकले आफूहरू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दावी गर्दै यस कूको प्रयासमा कुनै सङ्लग्नता नरहेको दावी गर्दै आएका छन् ।
    
समाचार संस्थाहरुका अनुसार सो विवाह समारोहमा कुर्दिस समूहको बाहुल्यता रहेका हुनाले आक्रमण कुर्दिस समूहलक्षित रहेको छ । यस वर्ष टर्की आइएस र कुर्दिस आतङ्ककारी समूहले गराएको शृङ्खलावद्ध आक्रमणको शिकार भएको छ । गत जुन महिनामा इस्ताबुलस्थित एक विमानस्थलमा भएको आतङ्ककारी आक्रमणमा परी ४० भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो ।

बम विस्फोट गराउने १२ वर्षीय बालक

 टर्कीको विवाह समारोहमा बम विस्फोट गराउने व्यक्ति १२ देखि १४ वर्षको बालक रहेको टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानले जानकारी दिएका छन् ।     सो हत्याकाण्डपछि आइतबार स्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका थिए ।  

उनले सो पत्रकार सम्मेलनमा भने ‘प्रारम्भिक सूचनाअनुसार यो बम विस्फोटमा संलग्न एक बालक रहेको र उसको उमेर १२ देखि १४ वर्षको रहेको पाइएको छ । ’ विस्फोटमा संलग्न आत्मघाती हमलाकारी रहेको पनि उनले बताए ।  सो हमलामा आईएसको हात रहेको पनि उनको दावी थियो ।  

 यस आक्रमणमा आईएस समूहको योजना रहेको प्रारम्भिक सू्चनामा पाइएको र यसको खोजी अझै व्यापक मात्रामा भइरहेको पनि उनले जनाएका थिए ।
 उनले सो हमलामा परी मारिनेको सङ्ख्या ५१ पुगेको पनि जानकारी दिए ।  घाइतेको सङ्ख्या ६९ रहेको र १७ जना नराम्ररी घाइते भएको उनले पत्रकार सम्मेलनका क्रममा बताए ।

 

प्रकाशित: ६ भाद्र २०७३ ०५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App