वाशिंटन–रिपब्लिकन पार्टीकातर्फबाट राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बराक ओबामामाथि गम्भीर आरोप लगाएका छन्। ट्रम्पले ओबामालाई विश्वभर आतंक फैलाइरहेको इस्लामिक स्टेट (आइएस)को संस्थापक भएको आरोप लगाएको अन्टर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। ट्रम्पले ओबामाको पूरा नाम बाराक हसेन ओबामा भएको दाबीसमेत गरेका छन्।
ट्रम्पले बुधबार फ्लोरिडामा आयोजित एक कार्यक्रममा कतिपय विषयमा इस्लामिक स्टेटले राष्ट्रपति ओबामाको सम्मानसमेत गरेको उनको भनाइ थियो। ओबामाप्रति निकै आक्रमक देखिएका ट्रम्पले आफ्नो ओबामा आइएसको संस्थापक भएको पटक पटक दोहोर्याएका थिए। डेमोक्र्याटिक पार्टीकातर्फबाट राष्ट्रपतिका उम्मेद्वार हिराली क्लिन्टनलाईसमेत आइएसको संस्थापक भएको आरोप लगाएका थिए।
ट्रम्पले ओबामाको केही अभिव्यक्तिको चर्को आलोचनासमेत गरेका थिए। ओमाबाले इराकबाट अमेरिकी सैनिक फिर्ता बोलाउने बताएका थिए। ओबामाको सो अभिव्यक्तिप्रति ट्रम्पले भने,‘ओबामा आइएसलाई आतंक विस्तार गर्न क्षण क्षणमा मौका दिइरहेका छन।’ ट्रम्पले लगाएको आरोपका विषयमा अहिलेसम्म ह्वाइट हाउसले कुनै प्रतिक्रिया नभएको संचारमाध्यमले जनाएका छन्।
ट्रम्पले राष्ट्रपति ओबामाको इमान्दारीताका विषयमा निकै प्रश्न उठाएपनि त्यसका विषयमा प्रतिक्रिया दिन ह्वाइट हासउले अस्वीकार गरेको संचारमाध्यमले उल्लेख गरेका छन्। गत जुनमा ओरलेंडो फ्लोरिडा नाइट क्लबमा इस्लामिक स्टेटका एक शुटरले ४९ जनाको हत्यागरेपछि ट्रम्पले ओबामालाई आइएसको संस्थापक भएको आरोप पहिलो लगाएका थिए।
उनले अमेरिकमा बस्ने मुलसमानको सहानुभूति जहिले पनि ओबामालाई मिल्ने गरेको बताएका थिए। त्यसबेला ट्रम्पले ओबामालाई मुसलमान भएको र उनको जन्म केन्यामा भएको आरोप लगाएका थिए। जवकी ओबामा एक इसाइ हुन र उनको जन्म हवाईमा भएको थियो। बुधबार ट्रम्पको सभामा उनका समर्थकले हिलारी क्लिन्टन विरुद्ध नारापनि लगाएका थिए। उनीहरुले हिरालीलाई जेल हाल्नु पर्ने मागसमेत गरेका थिए।
प्रकाशित: २७ श्रावण २०७३ ०८:१५ बिहीबार