१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा भीषण बाढी, मृत्यु हुनेको संख्या १५० पुग्यो

चीन–चीनको हेवेइ प्रान्तमा मुसलधारे वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार अपराह्नसम्म १५० पुगेको छ र आँधीका कारण १०४ जना हराइरहेका यहाँको प्रान्तीय नागरिक मामिला विभागले बताएको छ ।

 स्थानीय सुरक्षा अधिकारीले उक्त इलाकाबाट खतरामा परेका करिब तीन लाख १० हजार मानिस विस्थापित भएका बताएको छ ।  बाढी र पहिरोका कारण करिब ५२ हजार घर भत्किएका र करिब एक लाख ६० हजार घरमा क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ ।

बाढीले सात लाख हेक्टरमा लगाइएको बालीमा पूर्ण क्षति भएको र यसबाट दुई अर्ब दुई करोड अमेरिकी डलर बराबरको आर्थिक घाटा पुगेको प्रारम्भिक अनुमान गरिएको बताइएको छ ।

बाढीबाट हेवई र हेनान प्रान्त ज्यादा प्रभावित छन् । हेवईमा मात्र मारिनेको संख्या ११४ रहेको त्यहाँका अधिकारीले बताएका छन् । त्यहाँ ५३ हजार घर ध्वस्त भएको र १११ जना वेपत्ता रहेको स्थानीय प्रशासनले बताएको छ । हेनान बाढीले झन् बढी प्रभावित छ ।

त्यहाँ मारिने संख्या कम भएपनि बाढीको क्षति खेप्ने संख्या बढी छ । त्यहाँ ७३ हजार घर बाढीका कारण ध्वस्त भएको बताइएको छ । मर्नेको संख्या १५ रहेको छ । बाढीका बारेमा पूर्व सूचना नदिएको भन्दै त्यहाँका जनताले सरकार विरुद्ध प्रदर्शन गरेका छन् । शुक्रबार दुवै प्रान्तका मानिसले सरकारविरुद्ध प्रदर्शन गरेका थिए । तर सरकारले भने बाढी पीडितका लागि चाँडै नै रकम छुट्याउने वाचा गरेको छ ।

 

प्रकाशित: १० श्रावण २०७३ ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App