४ चैत्र २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

साउन १ गतेबाट जटिल रोगका बिरामीले थप सुविधा पाउने छन्: स्वास्थ्य मन्त्री

साउन १ गतेबाट आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप  पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार  स्वास्थ्य बिमा कार्यक्रममा आबद्धले पाउँदै आएको  १ लाख भन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने जानकारी दिएका छन्।  

‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ  साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बिमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौँ,’ मन्त्री पौडेलले बुधवार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब क्यान्सर, मुटु,मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,सिकलसेल एनिमिया,पार्किन्सोनिजम रअल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नुहुनेछ।’

स्वास्थ्य बिमा सुधारमा अर्को महत्त्वपूर्ण पाइला भन्दै पौडेलले स्वास्थ्य बिमालाई थप परिष्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन सरकार निरन्तर प्रयत्नशील रहेको बताए।

प्रकाशित: २५ असार २०८२ ०८:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App