सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने जनाएको हो।
मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभिभावकलाई आग्रह गरेको छ। आज खान छुटेकाहरुलाई भोलि (कात्तिक ३ गते) खुवाउन सकिन्छ।
प्रकाशित: २ कार्तिक २०७९ ०२:१० बुधबार