११ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

जडीबुटी सदुपयोग गर्न माग

जडीबुटीको भण्डारका रूपमा चिनिने सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा रहेको बहुमूल्य जडीबुटी पहिचान र सदुपयोग गर्न नसक्दा बर्सेनि खेर गइरहेको छ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा चिराइतो, कुड्की, नागबेली, पाउडर झ्याउ, ठूलो ओखतो, लोठ सल्ला, धूपी, सुनपाती, जटामसी लगायत जडीबुटी पाइन्छ। निकुञ्ज क्षेत्रको स्याउले, सेलाङ, गुम्बा, गोल्चे, गुन्सा, थाङपालकोट, भोताङ लगायत जंगलहरूमा यस्ता जडीबुटी प्रशस्त मात्रामा पाइने गरेको पाँचपोखरी थाङपाल गाउँपालिका-५ गुन्साका वडाध्यक्ष काले गोलेले बताए।

अन्य जडीबुटी संकलन नभए पनि आंशिक रूपमा यार्सागुम्बा संकलन गर्न सुरु भएको पाँचपोखरी थाङपाल गाउँपालिका-३ का वडाध्यक्ष नीमछिरिछ तामाङले जनाए। यस क्षेत्रका कमैले मात्र रोग लागेपछि मेडिकलको औषधि प्रयोग गर्ने गरेको भोताङका नीरबहादुर तामाङ बताए। उनले भने, ‘जे भए पनि यहींको झारपातलाई औषधि बनाएर खाने गरेका छौं।’

राजधानीबाट नजिक रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारी इन्द्रबहादुर गुरुङलाई जडीबुटीको सदुपयोग नहुँदा दुःख लागेको बताए। उनका अनुसार यस क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी पहिचान गरेर यसको सदुपयोग गर्न सके यस क्षेत्रका बासिन्दाको जीवनस्तर उठ्न सहज हुने थियो।

प्रकाशित: २२ आश्विन २०७९ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App