४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बडीमालिका तीर्थयात्रामा जानेहरुका लागि निःशुल्क स्वास्थ्य शिविर

बडीमालिका तीर्थयात्रामा जानेहरुका लागि गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाे छ।

यस वर्ष जिल्लाभित्र र बाहिरका तीर्थयात्री तथा पर्यटकहरू, सरकारी कार्यालय र स्थानीय पर्यटकसहित अन्य भक्तजनहरुको स्वास्थ्य लाई मध्यनजर पालिकाले भक्तजनहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाे हाे।

भक्तजनहरुको स्वास्थ्यमा हुने अनेक समस्यलाई मध्यनजर गरि आफ्नो लगानीमा चिकित्सक सहितको चेकजाँच टोली पनि बडीमालिका गएको बताइएको छ। बडीमालिकामा हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन मुख्य पूजा हुन्छ।  यस वर्ष बडीमालिकामा श्रावण २६ गते मुख्यपूजा लाग्ने भएको छ।

परम्परा अनुसार एक हप्ता अगाडी नै भक्तजनहरु बाहिरबाट आउने गरेका छन्। बडीमालीका मन्दिर समुद्री सतहबाट ४ हजार २ सय १६ मिटर उचाईमा रहेका छ। त्यँहा पुग्न सात दिनको पैदल यात्रा गर्नु पर्दछ।

प्रकाशित: २३ श्रावण २०७९ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App