१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

फेरि फैलिदै कोरोना, मृत्यु हुनेको संख्या बढ्यो

मृत्यु हुनेमा खोप नलगाएका बढी

कोरोना संक्रमणबाट दैनिक सर्वसाधारणको मृत्यु हुन थालेको छ। लामो समयसम्म मृत्यु संख्या शून्य रहेकोमा यही साउन १ गतेदेखि कोरोना संक्रमणबाट मृत्यु हुन् थालेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार साउन १ गते र २ गते १/१ जनाको मृत्यु भएको थियो भने साउन ३, ४, ५, ६ र ७ गते मृत्यु हुनेको संख्या शून्य थियो।  

तर साउन ८ गतेबाट मृत्यु हुनेहरुको संख्या थपिन थालेको छ। साउन ८ गते २ जना, साउन ९ गते १ जना, साउन १० गते २ जना, साउन ११ गते १ जना, साउन १२ गते २ जना, साउन १३ गते २ जना र साउन १४ गते २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।  

दुई सातामा १४ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ। मन्त्रालयको तथ्याङक हेर्ने हो भने शनिबारसम्म कोरोनाबाट ११ हजार ९ सय ६६ जनाको मृत्यु भइसकेको छ।  

त्यस्तै कोरोना संक्रमितको संख्या पनि दैनिक ४ सय देखि ७ सयको हाराहारीमा देखिन थालेको छ। सक्रिय संक्रमितको संख्या पनि बढीरहेको छ। शनिबारसम्म ४ हजार ३ सय ६९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समिरकुमार अधिकारी सर्वसाधरणले स्वास्थ्य मापदण्ड नअपनाउदा संक्रमण बढेको बताउँछन्। ओमिक्रोनको बीए फाइफ फैलिएको कारण कोरोना संक्रमणदर बढेको स्वास्थ्य विज्ञहरुको भनाइ छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समिरकुमार अधिकारी सर्वसाधरणले स्वास्थ्य मापदण्ड नअपनाउदा संक्रमण बढेको बताउँछन्। ओमिक्रोनको बीए फाइफ फैलिएको कारण कोरोना संक्रमणदर बढेको स्वास्थ्य विज्ञहरुको भनाइ छ।  

कोरोनाबाट मृत्यु हुनेमा खोप नलगाएको बढी

पछिल्लो समय कोरोनाबाट मृत्यु भएकाहरु बढी कोरोना खोप नलगाएका छन्। मन्त्रालयका प्रवक्ता अधिकारीका अनुसार मृत्यु हुने कोही कोरोना खोपको एक डोज लगाएका छन् भने कतिले खोप नै लगाएका छैनन्।

अधिकारी भन्छन्, ‘पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेमा प्रायःजसो खोप नलगाएकाहरु रहेको जानकारीमा आएको छ। उमेरको हिसाबले बढी उमेर भएका र केहि दिर्घरोगीहरु छन्। एकदुई जनाले कोरोना खोपको एक डोज लगाएको देखिन्छ भने अन्यले कुनै डोज लगाएको देखिदैन्।  

खोप नलगाएका कारण रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता नभएकोले उनीहरुको मृत्यु भएको हुनसक्ने अधिकारीको भनाइ छ। उनले कोरोना संक्रमणदर बढीरहेकोले नजिकैको खोप केन्द्रमा गएर कोरोना विरुद्धको खोप लगाउन पनि आग्रह गरेका छन्।

सुरु भयो कोरोनाको चौथो लहर  

नेपालमा कोरोनाको चौथो लहर आइसकेको कतिपय स्वास्थ्य विज्ञहरुले बताइरहेका छन्। विश्वभर ओमिक्रोनको बीए फोर बीए फाइभ फैलिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ओमिक्रोनको बीए फाइभ तीन जनामा पुष्टि भएको छ।  

नेपालमा ओमिक्रोनको बीए फाइभ पुष्टि हुनु र पछिल्लो समय कोरोना संक्रमण फैलनुले नेपालमा पनि कोरोनाको चौथो लहर आइसकेको स्वास्थ्य विज्ञहरु बताउँछन्। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने चौथो लहरको घोषणा गरिसकेको छैन्।  

नेपालमा ओमिक्रोनको बीए फाइभ पुष्टि हुनु र पछिल्लो समय कोरोना संक्रमण फैलनुले नेपालमा पनि कोरोनाको चौथो लहर आइसकेको स्वास्थ्य विज्ञहरु बताउँछन्। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने चौथो लहरको घोषणा गरिसकेको छैन्।  

मन्त्रालयका प्रवक्ता समिरकुमार अधिकारी अहिले नेपालमा ओमिक्रोनको बीए टू नै धेरै मात्रामा देखिएको बताउँछन्। अधिकारी भन्छन्,‘पछिल्लो समय नेपालमा ओमिक्रोनको बीए टू नै धेरै मात्रामा देखिएको छ। ओमिक्रोनको बीए फाइभ त्यति धेरै देखिएको छैन्।’

सरुवा रोग विशेषज्ञ डा जनक कोइराला नेपालमा ओमिक्रोनको बीए फाइभ पुष्टि हुनु र संक्रमणदर बढनुले चौथो लहर भित्रिसकेको बताउँछन्। कोइराला भन्छन्, ‘नेपालमा कोरोना संक्रमणदर हेर्दा चौथो लहर आएको छैन् भन्न गाह्रो छ। अन्य भेरियन्टको जस्तो ठूलो लहर नआउला तर चौथो लहर सुरु भएको जस्तो चै देखिन्छ। पहिलाको अनुभवहरु हेर्ने हो भने यो चारदेखि छ सातामा संक्रमणदर उच्च भएर आठ हप्ता पछि घट्दै जाँन पनि सक्छ।  

संक्रमणदर बढ्न थालेको तीन, चार साता भइसक्यो अब आउने दुई सातामा संक्रमण धेरै देखिएर पुन घट्दै जान सक्ने पनि उनको भनाई छ।  

किन आवश्यक बुस्टर डोज?

डा. कोइराला कोरोना विरुद्धको खोप लगाएको ६ महिना पछि मानिसको शरीरको एन्टिबडी घट्दै जाँने हुन्छ। त्यसरी एन्टिबडी घट्दै जाँदा संक्रमण हुन सक्ने सम्भावना धेरै हुने उनी बताउँछन्।

त्यहि अनुरुप दुई डोज लगाएको छ महिना पछि बुस्टर डोज लगाउनु पर्ने उनको भनाई छ। कोरोना खोपको दुई डोज लागाएको र तीन डोज लगाएकोलाई हेर्दा ओमिक्रोन भेरियन्टमा तीन डोज लागाएको लाई बढी प्रोटेक्सन दिएको हुँदा बुस्टर डोज आवश्यक रहेको उनी बताउँछन्।  

अन्य देशको संक्रमणलाई हेर्दा बीए टू ले भन्दा बीए. फाइभ संक्रमण हुँदा स्वास्थ्यमा जटिलता ल्याएको उनी बताउँछन्। बुस्टर डोजले पूर्ण रुपमा बचाउन नसके पनि केहि मात्रा बचाउने हुँदा बुस्टर डोज लगाउन उनले आग्रह गरेका छन्।  

अन्य देशको संक्रमणलाई हेर्दा बीए टू ले भन्दा बीए. फाइभ संक्रमण हुँदा स्वास्थ्यमा जटिलता ल्याएको उनी बताउँछन्। बुस्टर डोजले पूर्ण रुपमा बचाउन नसके पनि केहि मात्रा बचाउने हुँदा बुस्टर डोज लगाउन उनले आग्रह गरेका छन्।  

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारी पनि संक्रमणदर बढीरहेको हुँदा बुस्टर डोज लगाउन आग्रह गर्छन्।  

नेपालमा शनिबारसम्म २ करोड १५ लाख ३० हजार ६ सय ७६ ले कोरोनाको पहिलो मात्रा खोप लगाएका छन् भने २ करोड ५ लाख ७७ हजार २ सय ९६ ले कोरोनाको पूर्ण मात्रा लगाएका छन्। त्यस्तै ७२ लाख ५८ हजार ५ सय २९ ले कोरोनाको अतिरिक्त मात्रा लगाएका छन्।

प्रकाशित: १५ श्रावण २०७९ ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App