४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

विधेयक पारित भएकोमा नेपाल चिकित्सक संघको स्वागत

नेपाल चिकित्सक संघले संसदबाट ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पारित भएकोमा स्वागत गरेको छ।  

नेपाल चिकित्सक संघले बिहीवार पत्रकार सम्मलन गर्दै बुधवार प्रतिनिधि सभाले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ लाई पारित गरेकोमा स्वागत गरिएको जानकारी दिएको हो।  

विधेयक पारित भएसँगै चिकित्सकहरुलाई अमर्यादित व्यवहार रोकिने र चिकित्सकहरुको सुरक्षा हुने विश्वास संघले व्यक्त गरेको छ। पारित भएको विधेयकमा कसैले स्वास्थ्य संस्थामा आगजनी गरेमा नीजलाई पुर्पक्षको लागि थुनामा राखि २ वर्षदेखि पाँच वर्ष कैद वा २ देखि ५ लाख रुपैयाँ सम्म जरीबाना र दुवै सजाय हुने व्यवस्था गरिएको छ।  

त्यस्तैगरी स्वास्थ्य संस्थामा तोडफोड गरी हानी नोक्सानी पु¥याएमा र स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थामा कार्यरत कर्मचारीहरुलाई कुटपिट गरेमा निजलाई पुर्पक्षको लागि थुनामा राखि ३ वर्ष कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । यो व्यवस्था गर्नका लागि आफूहरुले निकै मिहेनत गर्नुपरेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए । 

प्रकाशित: ३० असार २०७९ १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App