१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

ओमिक्रोनले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता छैन: डब्लुएचओ नेपाल

नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले ओमिक्रोन भाइरसले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ।

केही दिनअघि नेपाली मिडियामा आएको एक समाचारमा भएको तथ्य सत्य नभएको पनि बताएको छ। विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका स्वास्थ्य आपतकालीन कार्यक्रमका टोली नेता डा. आलिसन गोकोतानोले ओमिक्रोनको भाइरसको संक्रमणले अहिले कडा खालको असर नगरेको पाइए पनि यो छिटो फैलने र धेरैलाई संक्रमित गराउने बताए।

खोप नलगाएका, खोप लगाएपनि दीर्घरोग भएका व्यक्तिमा यसले नराम्रो असर गरिरहे बताए। भाइरस जति छिटो फैलन्छ र जति धेरै जनामा पुग्छ यो त्यति धेरै आनुवांशिक परिवर्तन हुने र संक्रामक हुने सम्भावना रहेको बताए। अहिले नरम देखिएको भाइरस पुनः संक्रामक र घातक हुनसक्ने सम्भावना रहेकोले भाइरस फैलिन नदिने तर्फ सबै सजग हुनुपर्ने बताए।

डा. आलिसान गोकोतानोले भाइरसको संक्रमणलाई रोक्न र धेरैमा फैलन नदिन खोपले महत्वपूर्ण भूमिका खेल्ने भएकोले सबैले खोप लगाउनुपर्ने बताए। खोप लगाएका व्यक्तिमा ओमिक्रोनको संक्रमणको असर पनि कम देखिएकोले सबैलाई खोप लगाउन उनले आग्रह गरे।

प्रकाशित: १२ माघ २०७८ १०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App