१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

थप ३५५३ जना संक्रमित, १ को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा ३५५३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना तथ्यांक अद्यावधिक गर्दै बिहीबार सोका संख्यामा संक्रमित थपिएको जनाएको हो।

कूल १५ हजार ८१ जनामा गरिएको परीक्षणको क्रममा पिसीआर विधिबाट २९२२ र एन्टीजेन विधिबाट ६३१ ज्ना संक्रमित भएको मन्त्रालयले जनाएको छ।

सो अवधिमा २७१ जना कोरोना संक्रमणमुक्त भएका थिए भने १ जनाको निधन भएको मन्त्रालयले जनाएको छ। हाल नेपालमा १४ हजार ३४०  जना कोरोनाका सक्रिय संक्रमित छन्।

प्रकाशित: २९ पुस २०७८ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App