४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अत्यावश्यक काम बाहेक विदेश नजान सरकारको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट विदेशमा तीव्र गतिमा फैलिरहेको भन्दै अत्यावश्यक काम नपरी विदेश नजान आग्रह गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले नेपालमा ओमिक्रोन भेरियन्ट देखिनसकेको जनाउँदै सावधानीस्वरूप अत्यावश्यक नपरी विदेश नजान आग्रह गरेको हो।  

'हालसम्म उक्त भेरियन्ट नेपालमा फेलापरि नसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको अवस्था छ। नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको छ,' विज्ञप्तिमा उल्लेख छ।  

यो भेरियन्ट दक्षिण अफ्रिका तथा एशियाका केही मुलुकमा तीव्र गतिमा फैलिरहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: १५ मंसिर २०७८ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App