१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

ललितपुरमा १८ वर्षमाथिका सबैलाई आजदेखि भेरोसेल खोप लगाइने

ललितपुरमा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई आजदेखि कोभिडविरुद्धको भेरोसेल खोप लगाइने जनाएको हो।

जिल्ला खोप समन्वय समितिको निर्देशन अनुसार आज बुधाबारबाट १८ वर्षमाथि उमेर समूहका सबैलाई भेरोसेलको पहिलो डोज दिन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले जानकारी दिए।

चाडपर्वको समयमा भिडभाड बढ्न सक्ने र कोभिड–१९ फैलन सक्ने कुरालाई मध्यनजर गर्दै खोप लगाउन थालिएको गेलालले बताए। आफूलाई पायक पर्ने पालिकाले तोकेको खोप केन्द्रमा गएर खोप लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ। काठमाडौंले भने एकहप्ता अघि नै १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाइसकेको छ।

प्रकाशित: २० आश्विन २०७८ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App