९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ३२२ जना संक्रमित थपिए , ५ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय २२ जना कोरोना संक्रमित थपिएका छन्।७ सय २५ जनाको पीसीआर परीक्षण गर्दा १ सय ६९ र ६ सय १४ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७७, सुनसरीमा ४८, झापामा ३०, धनकुटामा ५, खोटाङ र इलाममा २–२, संखुवासभा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो। मोरङको विराटनगरमा ३९, पथरीशनिश्चरेमा १४, बेलबारीमा ६, उर्लाबारी र बुढीगंगामा ४–४, सुन्दरहरैचा र कटहरीमा ३–३, कानेपोखरी र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ।  

सुनसरीको इटहरीमा ३२, धरानमा ७, रामधुनीमा ५, बर्जु, इनरुवा, दुहवी र कोशी गाउँपालिका १–१, झापाको दमकमा १०, कमल गाउँपालिकामा ८, शिवसताक्षी, विर्तामोड, भद्रपुर र मेचीनगरमा २–२, गौरादह, हल्दिबारी, बुद्धशान्ति र अर्जुनधारामा १–१ जनामा संक्रमण देखिएको छ।  धनकुटाको धनकुटा नगरपालिका र पाख्रिबासमा २–२, महालक्ष्मीमा १, खोटाङको खोटेहाङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, संखुवासभामा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शनिबार २ सय ६५ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा  १ सय ५० महिला र १ सय १५  पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ३  पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: ९ आश्विन २०७८ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App