२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ३२० जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय २० जनामा कोरोना संक्रमित भएका छन्। १ हजार ५९ जनाको पिसिआर परीक्षण गर्दा २ सय २९ र ४ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ९३, झापामा ७९, सुनसरीमा ४८, पाँचथरमा २, धनकुटा, संखुवासभा र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा ५२, पथरीशनिश्चरेमा १५, बेलबारीमा ८, रतुवामाई र लेटाङमा ५–५, सुन्दरहरैँचामा ३, सुनबर्षी, उर्लाबारी, मिक्लाजुङ, धनपालथान र कटहरीमा १–१, झापाको विर्तामोडमा २०, दमकमा १७, कनकाईमा १०, शिवसताक्षी र अर्जुनधारामा ८–८, भद्रपुरमा ६, मेचीनगरमा ५, बुद्धशान्तिमा ४, झापा गाउँपालिकामा १, सुनसरीको इटहरीमा २८, धरानमा १८, रामधुनी र इनरुवामा १–१, धनकुटाको पाख्रिबास, संखुवासभाको चैनपुर र तेह्रथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

प्रदेश १ मा बुधबार १ सय ७४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ८७ महिला र ८७ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ महिला र ३ पुरुष रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: ६ आश्विन २०७८ १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App