३१ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ९ सय ५४ कोरोना संक्रमित थपिए, पाँच जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ७ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ५४ र १ हजार ४ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय  जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २ सय ५७,  मोरङमा १ सय ३८, सुनसरीमा ९९, इलाममा १९, धनकुटामा १८, उदयपुरमा ६, संखुवासभामा २, पाँचथर र तेर्‍हथुममा १–१  प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ। झापाको विर्तामोडमा ७८, दमकमा ४२, अर्जुनधारामा २९, कनकाईमा २६, भद्रपुर र मेचीनगरमा १९–१९, शिवसताक्षीमा १६, बुद्धशान्तिमा १४, गौरादह, बार्‍हदशी र कमल गाउँपालिकामा ४–४, हल्दिबारी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ।  

मोरङको विराटनगरमा ६१, बेलबारीमा २६, सुन्दरहरैचामा १५,  पथरीशनिश्चरे र बुढीगंगामा ७–७, लेटाङ र  कानेपोखरीमा ४–४, ग्रामथान र स्थानीय तह नखुलेका ३–३, केराबारी, रंगेली र उर्लाबारीमा २–२, सुनबर्षी र कटहरीमा १–१ जनामा संक्रमण देखिएको छ।  

सुनसरीको इटहरीमा ४७, धरानमा ३७, बराहक्षेत्रमा ४, रामधुनी र इनरुवामा ३–३, हरिनगर, दुहवी र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ। इलामको इलाम नगरपालिकामा १४, मांसेबुङ, रोङ, माईजोगमाई, सुर्योदय र माई नगरपालिकामा १–१ जनामा  संक्रमण देखिएको छ। 

धनकुटाको धनकुटा नगरपालिकामा १५, महालक्ष्मीमा २, पाख्रिबासमा १, उदयपुरको लिम्चुङबुङमा २, त्रियुगा, चौदण्डीगढी, बेलका, र स्थानीय तह नखुलेका १–१,  संखुवासभामा २, पाँचथरको फिदिममा १, तेर्‍हथुममा १,  प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

प्रदेश १ मा सोमबार  ३ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ६१ महिला र १ सय ७७ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: २५ श्रावण २०७८ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App