३० वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

रश्मोरबरो काउन्सिलद्वारा गोरखा नगरपालिकामा ६५ लाखको स्वास्थ्य सामग्री सहयोग

जुम मार्फत सामग्री हस्तान्तरण गर्दै बेलायतको रश्मोबरो काउन्सिलको टोली। तस्बिर: नागरिक

बेलायतको रश्मोरबरो काउन्सिलले गोरखा नगरपालिकालाई ६५ लाख रुपैयाँ बरावरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। बढ्दो कोरोना संक्रमणलाई रोक्न र नगरबासीलाई सुरक्षित राख्न भगिनी संम्बन्धमा जोडिएको रश्मोरबरोले बिहिवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।  

मास्क ५३ प्याक, तीन सय प्याक ग्लोब्स, चस्मा एक प्याक, सुज कभर एक सय प्याक, गाउन एक प्याक, बायोहेर्जाड ब्याग एक हजार वटा उपलब्ध भएको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताए। ‘भन्सार छुट बाट ति सामग्री ल्याइएको हो’ उनले भने ‘हामीले आफु मात्रै होईन आवश्यकता परेको जिल्लाका अन्य ठाउँमा पनि सामग्री दिनेछौँ।’ शव ब्यवस्थापन गर्ने ब्याग लगायत केही सामग्री आवश्यकताका आधारमा अन्य पालिका, नेपाली सेना र अस्पताललाई दिने उनले बताए।  

बुधवार गोरखा आईपुगेको स्वास्थ्य सामग्री काउन्सिलका मेयर ब्रुसी थोमसले जुम मार्फत बिहिवार मेयर राजनराज पन्तलाई हस्तान्तरण गरेका हुन्। २०७६ साल माघमा बेलायत पुगेर मेयर पन्तले गोर्खालीहरुको बाहुल्यता रहेको रश्मोरबरो काउन्सिल सँग गोरखा नगरपालिकाको भगिनी संम्बन्ध गाँसेका थिए। बेलायतको टोली गत वर्ष गोरखा भ्रमणका लागि आउने तयारी भएपनि कोभिडका कारण योजना धकेलिएको मेयर पन्तले बताए। ‘भगिनी संम्बन्धका कारण यती धेरै स्वास्थ्य सामग्री आएको छ’ उनले भने ‘बेलायत भन्दा हामी निकै पछाडी छौँ, त्यहाँको काउन्सिलले हामीलाई थुप्रै क्षेत्रमा सहयोग गर्ने योजना बनेको थियो, कोभिडले केही प्रभावित बनेको छ।’

लिडर अफ द काउन्सिल डेभिड क्लीफोडले गोर्खाली र रश्मोरबिचको संम्बन्ध निरन्तर कायम रहने बताउँदै कोभिडबाट सुरक्षित रहन मद्धत पु¥याउने उद्देश्यले स्वास्थ्य सामग्री पठाइएको बताए। साथै उनले नगरपालिका भित्र संक्रमितको अवस्था, खोपको उपलब्धता, समस्या, संक्रमण दर, उपचार बारे चासो ब्यक्त गरेका थिए। नगरप्रमुख पन्तले नगरपालिकालाई प्राप्त सहयोगको सही सदुपयोग हुने बताउँदै निरन्तर सहयोग र सहकार्य हुने बताए। रश्मोरबरोको टोलीले आउँदो वर्ष गोरखा नगरपालिकाको भ्रमण गर्ने जनाएको छ।  

हस्तान्तरण कार्यक्रममा काउन्सिलर जिव बेल्बासे, निम थापा, हेड अफ डिमोक्रेसी एण्ड कम्यूनिटी एन्डवेयर कोल्भर, रामधन राई, ग्यारी घले, पत्रकार बाचस्पती रेग्मी लगायतको उपस्थिती थियो। गोरखा नगरपालिकामा नगरप्रमुख पन्त, प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त लगायत सहभागी थिए।

प्रकाशित: २१ श्रावण २०७८ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App