९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

संक्रमणको जोखिम उस्तै, लापरबाही बढ्दै

कोरोना संक्रमणको दर पहिले भन्दा केहि घटेको जस्तो देखिए पनि जोखिम कायमै रहेको छ। तर पनि मानिसहरुमा डर भने हराउँदै गएको  पाइएकाे छ। सामाजिक दुरी, मास्क प्रयोग र सावधानीका उपायहरु करिब करिब हुन छोडेको छ। यातायात, जमघट र बजार सबै पहिले जस्तै खुला हुन थालेका छन्। लापरबाहीले हद नाघेको छ।

अन्यसंगको सामाजिक दुरी त परै जावस संक्रमितसंगको दुरी समेत टाढिन छोडेको छ। बिज्ञहरुले संक्रमणको त्रास रहेको बताई रहदा स्थानियहरु लामो समयको बन्दा बन्दीले आत्तिएका हुन्। स्वास्थ्य सस्था, बैङ्क लगायत अन्य दैनिक जनसरोकारका कार्यालयहरुमा सामाजिक दुरी कायम नगरि भिडभाड बढिरेहको छ।  

रोल्पामा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सकृय संक्रमितको संख्या ६६ पुगेको छ। जिल्लामा ५ हजार ३ सय ९३ जनामा कोरोना परीक्षण गर्दा २ हजार ३ सय ३८ जनामा संक्रमण भेटिएको हो। पछिल्लो समय जिल्लामा कोरोना परीक्षण पनि घटाईएको छ।  

दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा २० जनाले कोराेनाका कारण ज्यान गुमाएका छन्। यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढिको समेत मृत्यु भईसकेको छ। जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिलेसम्म २ हजार २ सय ५५ जनाले कोरोना जितेका छन्।  

२ लाख २४ हजार बढि जनसंख्या रहेको रोल्पामा कोभिसिल्ड खोपको पहिलो डोज १४ हजार ६ जना र दोस्रो डोज ३ हजार ४ सय ५६ जनाले लगाएका छन्। भेरोसेल खोपको पहिलो डोज १५ हजार ६ सय ८४ जना र दोस्रो डोज २ हजार ९ सय २६ जनाले लगाएका छन्। जाेनसाेन एन्ड जाेन्सनकाे खोप ११ हजार ८ सय ७ जनाले लगाएका छन्।  

प्रकाशित: २१ श्रावण २०७८ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App