२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठान आइपुगे डाक्टर गोविन्द केसी, २ बजे पत्रकार सम्मेलन

वीपी प्रतिष्ठानस्थित संयुक्त संघर्ष समितिसँग डाक्टर गोविन्द केसी। तस्बिर: नागरिक

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत एक महिनादेखि जारी आन्दोलनमा ऐक्यवद्धता जनाउन सत्याग्राही डाक्टर गोविन्द केसी धरान आइपुगेका छन्।

हवाई मार्गबाट विराटनगर हुँदै डाक्टर केसी आज धरान आइपुगेका हुन्। उनी अहिले प्रतिष्ठानका आन्दोलनरत संयुक्त संघर्ष समितिसँग आन्तरिक छलफलमा छन्। दिउँसो २ बजे पत्रकार सम्मेलन गरिएको र डाक्टर केसीले सम्बोधन गर्ने जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डाक्टर पदम नेपालीले जानकारी दिए।

डाक्टर केसीले यसअघि नै विज्ञप्तीमार्फत वीपीमा जारी आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए भने सरकारलाई अबिलम्ब माग पुरा गर्न आग्रह गरेका थिए। प्रतिष्ठानमा जारी आन्दोलनप्रति भौतिकरुपमा नै उपस्थित भएर ऐक्यवद्धता जनाउन डा.केसी धरान आएका हुन्। प्रतिष्ठानमा दिउँसो २ बजे डाक्टर केसीको पत्रकार सम्मेलन पनि राखिएको छ।  

प्रकाशित: ३० असार २०७८ ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App