११ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

सन् २०२१ भित्रै धेरैलाई खोप लगाईसक्छौं : प्रधानमन्त्री ओली

वीर अस्पतालको ५ सय शैय्या सहितको सर्जिकल भवन उट्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले चालु वर्ष सन् २०२१ भित्र धेरै नेपालीलाई खोप लगाईसक्ने बताएका छन्। आइतवार वीर अस्पतालको नयाँ सर्जिकल भवनको उट्घाटन गर्दै उनले यस्तो बताएका हुन । ढिला भएपनि बिभिन्न देशहरुसंग खोप लिने सम्झौता र प्रयास भएकोले यो वर्षभित्रै धेरै जनसंख्यालाई खोप दिन सक्ने स्थिति रहेको उनले बताए ।  

‘कोरोना संक्रमणको जोखिम अझै हटेको छैन्। त्यसैले सजक हुँदै अघि बढ्नु पर्छ र कोभिड १९ विरुद्धको जनस्वास्थ्य सेवालाईसुचार राख्नु पर्छ’, उनले भने। उनले अस्पतालमा आउने बिरामीलाई स्वास्थ्यकर्मीले गर्ने व्यवहार पनि राम्रो हुनुपर्ने सुझाव दिएका छन्। नेपाल उपचार पद्धतिमा परम्परागत औषधिमा पहिल्यै अघि बढेको भएपनि बीचको समयमा उपचारहरु गलत दिशा तर्फ गएकोले परम्परागत औषधि ज्ञान छायाँमा परेको औल्याए ।

आफू पहिलो मिर्गौला प्रत्यारोपणको लागि भारत जानु परेको बाध्यताको स्मरण  गर्दै प्रधानमन्त्री ओलीले विदेशमा उपचार गर्न जानु अनेक किसिमको झंझटिलो हुने भएकोले नेपालमै सबै खालका उपचार पद्धतिको विकासमा सरकार लागि परेको बताए। उनले दोस्रो मिर्गौला प्रत्यारोपणमा जानु अघि उच्च मनोवल गएको बताए। ‘मैले गरिरहेको का वीचैमा छोडेर कल्पिने वाला छैन भनेको थिएँ, फर्केर काममा निरन्तरता दिन्छु भनेको थिएँ’ उनले भने। ‘त्यो क्षण मैले चिकित्सा बिज्ञान प्रति विश्वास गरेकों थिए। चिकित्सकहरु प्रति विश्वासको कुरा थियो।  

सोही क्रममा वीर अस्पताललाई पुर्ण क्षमताको सेवा संचालनको लागि सरकारले सवै सहयोग पुरा गर्न तयार रहेको प्रतिवद्धता जनाए। उपकरणको दुरुपयोग गरी राष्ट्रलाई घाटा हुने काम गर्न नहुने बताए। अस्पताल सेवाको मन्दिर भएको पनि ओलीले बताए। ‘ हामी सडकमा फालिएको प्लास्टिक पनि पुन:प्रयोग गर्छौ भने, हामीसंग भएका राम्रा राम्रा सामानको प्रयोग गरौं, अनावश्यक उपकरण किन्नतिर नलागौ’ उनले भने। 

त्यस्तै सोही कार्यक्रममा निर्माण व्यवसायी रमेश शर्मा सम्मानित भएका छन्। व्यवसायी शर्माले देशकै केन्द्रीय अस्पतालको आधुनिक भवन निर्माण गर्न पाउँदा सौभाग्य भएको र प्रधानमन्त्रीबाट सम्मानित हुँदा खुसी लागेको बताए। ‘नाम, नक्सा, बजेट र निर्माण बुझेर मात्र शिलन्यास गर्न आएको भन्नु भएको थियो’ उनले त्यतिबेलाको दृष्य स्मरण गरे ।कोभिडकालको अवरोधका वीचमा सम्पन्न गर्न सफल भएको उनले बताए। जेडआइसी र सर्वाण निर्माण कम्पनीको संयुक्त रुपमा निर्माण भएको उनले बताए ।

कार्यक्रमलाई संबोधन गर्दै अस्पतालका प्रशासकीय प्रमुख डा.जागेश्वर गौतमले नयाँ सर्जिकल भवनको निर्माणसंगै अस्पतालले बिशिष्कृत सेवा दिन सहज हुने बताए। आगामी ८ सय ३१ जनाको दरवन्दी स्वीकृति भइसकेकोले अवको उपचार सहज र सुलभ हुने अस्पतालका प्रशासकीय प्रमुख डा. जागेश्वर गौतमले बताए।हालको कोभिड १९ को विशेष सेवा दिइसकेको छ। भुकम्पले ९२ वटा शैय्यामा क्षति पुगेको थियो ।

भवनमा क्षतिपुगेपछि जापान सरकारबीचको  समवन्यमा नयाँ जाइका भवन निर्माण भएको भइसकेपछि सेवामा सहज भएको थियो  ।गौतमले हालको २५ शैय्याको आकस्मिक कक्षलाई १ सय शैय्यामा पुर्‍याउने,१५ शैय्याको श्वास–प्रश्वास आइयिुलाई २५ शैय्याको पुर्‍याउने, मेकिडकल आइसियुलाई ५० शैय्यामा विस्तार गर्ने योजना रहेको र हाल बहिरंग सेवामा रहेको ज्येष्ठ नागरिक सेवालाई ज्येष्ठड नागरिक वार्ड संचालन गरिने दैनिक ७५ वटा शल्यक्रिया गर्ने, मासिक १५ वटा मिर्गौला प्रत्यारोपण गर्ने योजना रहेको डा. गौतमले बताए । डा.गौतमले यी बिशिष्टकृत सोव संचालनको माग थप ५ अर्व अनुदान बजेट प्रधानमन्त्री समक्ष माग गरे।

कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रिय चिकित्सा विज्ञान प्रतिषठानका उपकुलपति डा. देवनारायण शाहले यति ठूलो परियोजना ३८ महिनामै सम्पन्न भएको बताए। नयाँ भवनलाई छिट्टै पुर्ण क्षमतामा प्रयोग गर्ने बताए नयाँ भवनमा अत्याधुनिक व्यवस्था रहेको बताए। अत्याधुनिक अपे्रशन थिएटरको निर्माण भइसकेको, यसभवनमा प्रयोगशाला, रेडियोलोजी सेवाको समेत व्यवस्था रहेको र भवनबाट निस्कने फोहोेरको लागि अत्याधुनिक प्रविधी तयार भएको जानकारी दिए ।भवनको पुर्ण प्रयोगसंगै सर्जिकल क्षेत्रमा वीर अस्स्पतालले नयाँ आयाम थपिने शाहको भनाइ छ ।वीर अस्पताल दक्षिण एशियामै तीन वटा विद्यामा शिक्षा  प्रदान गर्ने संस्थाको रुपमा स्थापित भइसकेको बताए।

आकस्मिक, नाक कान घाँटी, मुटुरोग, सघन , क्यान्सर, छातिरोग बिशेष, दन्त सेवा, नाक,कान घाँटी, छालारोग, यौनरोग मिर्गौला,रेडियोलोजी, आँखा सेवा, आइसियु, सेवा,युरोलोजी लगायतका बिभागवाट सेवा संचालनमा छन्।

प्रकाशित: २७ असार २०७८ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App