२२ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बेथानचोक गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान

नेपाली कांग्रेसका युवा नेता भगवान अधिकारीले काभ्रेको बेथानचोक गाउँपालिकाका सबै वडामा वृद्ध र  बालबालिकाका लागि आवश्यक औषधि तथा स्वास्थ्य  वितरण गरेका छन्। 

नेपाली कांग्रेस भक्तपुरका नेता सन्तोष भट्टराई संचालक रहेको औषधि कम्पनीले बजारमा अति अभाव रहेका औषधिहरु गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनालाई हस्तान्तरण गरेका छन्।  

नेपाली कांग्रेस स्थानीय तह समन्वय केन्द्रीय विभाग सदस्य भुवन खड्का (रामेछाप) समेतको उपस्थितिमा सम्पुर्ण वार्डमा पुर्‍याउनका लागि वार्ड  २ अध्यक्ष भगवान घिमिरे ,३ का दिलबहादुर श्रेष्ठ ,४ का लालबहादुर श्रेष्ठ ,समाजसेवी राजेश तिमल्सिना ,मोट्प्रसाद सापकोटा ,बिनोद तिमल्सिना ,डिग्मान लामा,उत्तम अधिकारी ,कुमार घिमिरे ,र स्वस्थ्य शाखा प्रमुख प्रमोद तिमल्सिना ,दुर्गा पोखरेल लगायतले तत्काल बस्ती बस्तीमा औषधि पुर्‍याउने बताएका छन्।

नेता भट्टराईले आवश्यकता अनुसार औषधि सहयोग गर्न तयार रहेको बताएका छन्।

प्रकाशित: ६ असार २०७८ ०७:४७ आइतबार

मेलम्चीमा आवश्यक औषधि प्रदान