coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

औषधि उद्योग सञ्चालन : तीन प्रकारका औषधिको बिक्री सुरू

औषधिको बिक्रि सुरू गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल । तस्बिर: नागरिक

विराटनगरमा ७५ करोड रुपैयाँको लगानीमा औषधि उद्योग सञ्चालनमा आएको छ । विराटनगर १२ स्थित वखरीमा निप्पोन फर्माच्युटिकल्स प्रालि सञ्चालनमा आएको हो ।  

कोरोनाको महामारीका कारण सिटामोल लगायतका अत्यावश्यक औषधिहरूको अभाव भइरहेका वेला निप्पोनले नेपालमै औषधिको उत्पादन सुरू गरेको हो । कोरोना महामारीका कारण बजारमा सिटामोललगायतका औषधिको अभावलाई मध्येनजर गरी निप्पोनले पहिलो चरणमा एक करोड बढी सिटामोल ट्याब्लेट  र बच्चाहरूका लागि ५० हजार बढी  सिरफ उत्पादन गरी बजारमा पठाउने तयारी गरेको छ ।  बजारको मागलाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा उत्पादन गरेको एक करोड बढी ट्याब्लेट र सिरफ दुई महिना भित्रै बजारमा पु¥याइ सक्ने निप्पोन फर्माच्युटिकल्सका  अध्यक्ष मन्टु घिमिरेले जानकारी दिए  ।  

पारासिटामोल उत्पादनका लागि एलसी खोलेर मगाइएको कच्चा पदार्थ आउनेक्रममा रहेको घिमिरेले जानकारी दिए । १३ जना साझेदारको लगानीमा औषधि उद्योग सञ्चालनमा ल्याइएको घिमिरेले बताए । ७५ करोड रुपैयाँ लागतमा स्थापना भएको  उद्योगमा संस्थापक १३ जनाको ३० प्रतिशत लगानी रहेको छ । अन्य लगानी भने हिमालयन बैंकबाट ऋण लिएर जुटाइएको घिमिरेले बताए  । उद्योगले  ९३ प्रकारका औषधि उत्पादन गर्न औषधि व्यवस्था विभागबाट अनुमतिपत्र  लिइसकेको छ  । केहि औषधि उत्पादनका लागि अनुमति लिने प्रक्रियामा उद्योग छ । 

स्वदेशी बजारलाई लक्षित गरी औषधि उत्पादन थालेको उद्योगले बजारको मागलाई ध्यानमा राख्दै थप नयाँ औषधिहरूकोसमेत उत्पादन गर्दै जाने योजना बनाएको  घिमिरेले बताए । उनले भने ‘बजारको मागका आधारमा नयाँ उत्पादनहरू बजारमा ल्याउँछौं ।’  उद्योगमा हाल ३ वटा ब्लक रहेको छ । पहिलो ब्लकमा रिसर्चसेन्टर, र क्वालीटी कन्ट्रोल छ । दोस्रो ब्लकमा जेनेरल प्रोडक्ट् छ । जसमा कच्चा पदार्थ लगायतका बस्तुहरू राखेर प्रशोधन गरिन्छ । अर्को भागमा उत्पादन युनिट रहेको छ । दोस्रो तलामा ट्याब्लेट, क्याप्सुल र जीवनजललगायतका औषधि उत्पादन हुन्छ । तेस्रो ब्लक पूर्ण रुपमा आइसोलेटेट गरिएको छ । जसमा एण्टीबायटीक औषधिहरू उत्पादन गरिन्छ । तेस्रो ब्लकमा ट्ब्लेट , क्याप्सुल र ड्राइ सिरफ उत्पादन गरिने अध्यक्ष घिमिरेले जानकारी दिए   ।  

उद्योगले तीन प्रकारका उत्पादनको बिक्रि सुरू गरिसकेको  जनाएको छ । उद्योगले पारासिटामोल, एकिटोसियसिस र काटेको पोलेको ठाउँमा लगाउने मलमको बिक्री सुरू गरेको हो । पारासिटामोल लगायतका औषधिको बिक्रिको सुभारम्भ नोपली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले गरेका थिए । कोरोना महामारीले आक्रान्त भएको र धेरै मात्रामा पारा सिटामोललगायतका औषधिको माग हुँदा भारतलगायतका देशका औषधि उत्पादकहरूले प्रयाप्त मात्रमा औषधि आपूर्ति नगर्दा नेपालमा पारासिटामोललगायतका अत्याबश्यक औषधिकोसमेत अभाव हुन पुगेको थियो । यस्तै भारतले गरेको नाकाबन्दीका वेलासमेत अत्यावश्यक औषधिको आपूर्ति अवरुद्ध  हुँदा नेपालमा समस्या निम्तिएको थियो । नेपालमा प्रयाप्त औषधि उत्पादन नहुने भएकाले  अधिकाशं औषधिका लागि विदेशकै भर पर्नुपर्ने बाध्याता रहँदै आएको छ । 

प्रकाशित: ५ असार २०७८ १३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App