पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
७ हजार ४ सय ४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६ सय ८१ र ५ हजार ८ सय ४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७ सय ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ, भने संक्रमणमुक्त हुनेको संख्या ४ हजार १ सय ८७ रहेको छ।
प्रकाशित: १ असार २०७८ १२:४० मंगलबार