२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा कोभिड संक्रमण घट्दै, २४ घण्टामा १४ थपिए, १३ निको

उदयपुरमा पहिलेको तुलनामा कोभिड संक्रमितको संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टाभित्र जिल्लामा ८ महिलासहित १४ जना नयाँ संक्रमित देखिएका छन्। संक्रमितहरु सबै त्रियुगा नगरपालिकाका भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।  

थप नयाँसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार १ सय ४५ पुगेको छ। जसमा ५ सय १७ महिला छन् भने बाँकी पुरुष छन्। संक्रमितहरु निको हुने क्रम पनि बढ्दै गएको छ। २४ घण्टाभित्र निको हुनेहरु १३ जना छन्। योसँगै निको हुनेको संख्या १ सय ६९ महिलासहित ४ सय ५ पुगेको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताएका छन्।

निको हुनेहरुमा त्रियुगाका ६७ महिलासहित १ सय ६९, चौदण्डीगढीका ४५ महिलासहित १ सय २, बेलकाका २३ महिलासहित ४४ र कटारीका ६ महिलासहित १६, रहेका छन्। त्यस्तै लिमचुङबुङका १८ महिलासहित ३६, रौतामाईका ६ महिलासहित २९, उदयपुरगढीका ३ महिलासहित ८ र ताप्लीकी एक महिला निको भएको सुबेदीले बताए।  

सदरमुकाम गाईघाट, कोभिड अस्पताल बेलटारलगायत विभिन्न आईसोलेसन सेन्टर र होम आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितहरु त्रियुगाका २ सय ४६ महिलासहित ५ सय ५८ छन्। कटारीका ५९ महिलासहित १ सय ३६, बेलकाका ७२ महिलासहित १ सय ४४ र चौदण्डीगढीका ६० महिलासहित १ सय २५ रहेका छन्। त्यस्तै लिमचुङबुङका ३१ महिलासहित ६३, रौतामाईका २८ महिलासहित ६३, उदयपुरगढीका १७ महिलासहित ४५ र ताप्लीका ४ महिलासहित ११ जना संक्रमित उपचारमा रहेका छन्।  

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म बिभिन्न स्थानीय तहका ४८ जनाको कोभिडका कारण दुखद ज्यान भएको छ। त्रियुगा नगरपालिकाका ७ महिलासहित २४, चौदण्डीगढीका ४ महिलासहित ९, कटारीका ३ महिलासहित ५, बेलकाका ५ पुरुषको कोभिडले ज्यान लगिसकेको छ।

त्यस्तै रौतामाईका १ महिलासहित ४, उदयपुरगढीका १ महिलासहित ३ र लिमचुङबुङका एक पुरुषको ज्यान गएको स्वास्थ्यले जनाएको छ।  

संक्रमण बढ्न नदिन जिल्लामा जारी गरिएको निशेधाज्ञामाथि कडाई यथावत राखिएको छ।

हालसम्म निको हुने र नहुने कोभिड सक्रमितको संख्या १ हजार ५ सय २२ पगेको छ। जिल्लामा कोभिडले गर्दा मृत्यु हुनेको संख्या १७ महिलासहित ४८ पुगेको पनि प्रहरीले जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०७८ १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App