४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना महामारीमा आयुर्वेद अस्पतालद्वारा औषधि वितरण

कोरोना महामारी संक्रमण फैलिएको बेला कपिलवस्तु आयुर्वेद केन्द्रले औषधि वितरण अभियान चलाएको छ।

केन्द्रले कपिलवस्तु नगरपालिकाभित्र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर क्वाथ नामक औषधि वितरण अभियान चलाएको हो।

कोरोना महामारीको दोश्रो चरण सुरु भए यता दुई सातादेखि सो अभियान चलाएको छ। अभियानअन्तर्गत अग्रभागका खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, कर्मचारी, कोरोना संक्रमित लगायतलाई केन्द्रले निःशुल्क औषधि उपलब्ध गराएको केन्द्रका प्रमुख डाक्टर प्रवेश श्रीवास्तवले बताए।

नगरभित्र होम आइसोलेसनमा रहेकाहरुको प्रतिरोधात्मक क्षमता बढाउन नगरमा अभियान चलाइएको उनले बताए।

अभियानकै क्रममा नगर प्रमुख किरण सिंहलको समन्वयमा केन्द्रले नगरभित्रका १२ स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमा सो औषधि वितरण गरेको जनाएको छ।

केन्द्रले स्वास्थ्य कार्यालय, कपिलवस्तु अस्पताल, पत्रकार महासंघलगायतका निकायलाई पनि सो औषधि वितरण गरिएको छ।

प्रकाशित: १५ जेष्ठ २०७८ ०९:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App