२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

'भेन्टिलेटर,एचडियू र आइसियूका शय्या चाहिए बिएण्डसी आउनू'

कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको दर  झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा  उच्च छ। दक्ष स्वास्थ्यकर्मी, आधुनिक भौतिक पूर्वाधार र  अत्याधुनिक उपकरणको विशिष्टिकृत सेवा अस्पतालमा रहेकाले जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून रहेको दाबि गरिएको छ।  

अहिले अस्पतालमा  प्रदेश नं १ र २ सहित ‘हवाई बेड लिफ्ट’ गरी  काठमाडौँ, सोलुखुम्बु, ओखलढुङ्गा, पर्सा,  चितवन , कास्की , बाँके, मुगु, डोटी र  कैलाली लगायतका जिल्लाका  सङ्क्रमित उपचाररत्  छन्। महङ्गो ‘हवाई  लिफ्ट’ गरी अस्पतालमा २२ जटिल सङ्क्रमितले  सेवा लिइराखेका छन्। पछिल्लो समय काठमाडौँ सहित विभिन्न जिल्लामा भेन्टिलेटर, सघन उपचार कक्ष  (आइसियू) तथा अक्सिजनका चरम अभाव हुन थालेपछि  सङ्क्रमित बिएण्डसीमा उपचारार्थ जानेक्रम जारी छ।    

अहिले भर्ना भएका सङ्क्रमित बिरामीका स्वास्थ्यावस्था सुधारोन्मुख, भेन्टिलेटर मुक्त र डिस्चार्ज हुनेक्रम जारी भएको अस्पतालले जनाएको छ। शनिबार मात्र जनता बैँकका पूर्व अध्यक्ष एवम् ग्लोबल बैँकका निर्देशक केशव रायमाझी र उनकी पत्नी पवित्रा रायमाझी ‘हवाई  लिफ्ट’ गरी अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ। बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीका कार्यकारी निर्देशक दूर्गाप्रसाद प्रसाईँद्वारा आज जारी विज्ञप्तिमा कोरोनालाई जितेर बिएण्डसीबाट घर फर्किने दर उच्च  र जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून रहेको जनाइएको छ।  

 विज्ञप्तिमा भनिएको छ 'अस्पतालमा कोरोनाका सङ्क्रमितका लागि  अति आवश्यक पर्ने भेन्टिलेटर, एचडियू, आइसियू तथा अक्सिजनको हालसम्म  अभाव  छैन। बिरामीका जीवन बचाँउने ती सामग्रीको आवश्यक व्यवस्था मिलाएका छौँ।' अस्पतालले  सङ्क्रमितलाई उपचार गर्न  हाल २०० श्य्या सञ्चालनमा ल्याएको छ। ‘हवाई  लिफ्ट’ गरी सङ्क्रमित धमाधम बिएण्डसी आउनेक्रम जारी रहेपछि अस्पतालले विशेष कोभिड श्यया थपेको थियो। आवश्यकता परेमा शय्या थपिने र आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा आउन अन्तिम तयारी भइरहेका विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा मौज्दात  रहेका ६५ भेन्टिलेटरसहित आइसियू मध्ये गम्भीर सङ्क्रमितका लागि छुट्याइएको र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको उल्लेख छ।

अहिले पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पतालमा गरी कूल ९०० शय्या छ। 'महामारीसँग जुध्न ’र्‍यापिड रेस्पोन्स टिम’ सक्रिय छ। अस्पताल आउने सङ्क्रमित वृद्धि भएमा आवश्यक पर्‍यो भने सबै शय्या उपचारमा लगाउन सकिन्छ। यसका लागि राज्यले सहजीकरण गर्नुपर्छ। उपचारको अभावमा बिरामीले अकालमा मृत्युवरण गर्न नपारोस् भन्ने नै अस्पतालको ध्येय रहेको। ”कार्यकारी निर्देशक प्रसाईँले भने।  

विशेष गरी कोभिडका बिरामीलाई  क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करुण पोखरेल तथा अर्थोका इन्साक खाँन लगायतले सेवा प्रदान गरिरहेको अस्पतालले जनाएको छ। रासस

प्रकाशित: २ जेष्ठ २०७८ ०५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App