पछिल्लो २४ घन्टामा नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बासगढी, राजापुर, गुलरिया, बढैयाताल, बारबर्दियाका ९ जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो।
नेपालगन्जस्थित भेरी र कोहलपुरमा कोभिड अस्पतालमा उपचारको क्रममाा रहेका संक्रमित मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय जनाएको छ।
स्वास्थ्य कार्यालय बर्दियाका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार मंगलबार दिउँसो ४ बजेर ३० मिनेटमा मृत्यु भएका राजापुर–४ का ५५ वर्षीय पुरुषको मृत्युपछि मृतकको संख्या ९ पुगेको छ।
प्रकाशित: २८ वैशाख २०७८ १४:०७ मंगलबार