५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

सुदूरपश्चिममा एकै दिन १७ जनाको मृत्यु (अपडेट)

फाइल तस्बिर

सुदूरपश्चिममा दोश्रो लहरको कोरानाको संक्रमण तिव्र रुपमा फैलिरहेको छ। संक्रमणले मृत्युदर पनि बढ्दै गएको छ।  कोरानाको संक्रमणले बिहिवार एकै दिन १७ जनाको मृत्यु भएको छ।

एकै दिनमा मृत्यु भएको यो संख्या अहिले सम्मकै उच्च हो। यस अघि वैशाख २० गते सोमवार एकै दिन १४ जनाको मृत्यु भएको थियो। स्वास्थ्य निर्देशनालयका अनुसार  बिहिवार कन्चनपुरमा ८ , कैलालीमा ६, बझाङमा १, अछाममा १ र दार्चुलामा १ गरि १७ जनाको संक्रमितको संक्रमणले मृत्यु भएको हो।

सुदूरपश्चिममा बिहिवार १८ सय ३२ जनाको परीक्षण गर्दा ७ सय ८५ नयाँ संक्रमित देखा परेका छन्। सुदूरपश्चिममा ५ हजार ३ सय ९५ सक्रिय संक्रमित रहेका छन्।कोरोनाको दोस्रो लहरको संक्रमणले वैशाखको दोस्रो साता देखि मृत्यु हुने क्रम बढेको हो। गत २०७६ चैतको १४ गते पहिलो संक्रमित देखिएको र ७७ जेठ १८ गते पहिलो मृत्यु भएको सुदूरपश्चिममा पहिलो लहरको कोरानाले ५७ जनाको मात्र मृत्यु भएको थियो।  

कोरानाको दोस्रो लहरको संक्रमणले वैशाख ४ गते १ जनाको मृत्यु भएकोमा वैशाख ९ गते थप एक जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले बताए।  सुदूरपश्चिममा अहिले सम्म १ सय ६२ जना संक्रमितको ज्यान गएको छ   दोस्रो लहरको संक्रमणले वैशाख महिनामा मात्र सुदूरपश्चिममा १ सय ५ जनाले ज्याना गुमाएका छन्।

प्रकाशित: २४ वैशाख २०७८ ०४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App