४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

शैय्या,औषधि र अक्सिजनबिनै उपचार

फाइल तस्बिर

पहिलो लहरको कोरोना संक्रमणका बेला ६० शैय्याको भेरी अस्पताल कोभिड वार्ड १ सय ८० र कोहलपुरको शिक्षण अस्पताल ७० शैय्यामा विस्तार भयो। कोभिड अस्पतालमा व्यबस्थापनका लागि भेरी अस्पतालमा बाहिरबाट स्वास्थ्यकर्मी झिकाईयो। कोहलपुरले बाहिरबाट जनशक्ति ल्यायो ।कोरोनाको हटस्पोट बनेको बाँके विस्तारै नियन्त्रण हुँदै गयो। अस्पताल पुग्ने जो कोहिले सहज तरिकाले उपचार पाएको स्मरण गर्छन। औषधि, बेड, अक्सिजनका लागि स्थानीय तहको समन्वयमा पर्याप्त स्रोत जुट्यो ।

सुरक्षाकर्मीले आ–आफ्नो जिम्मेवारी सफल तरिकाले भूमिका निभाए। नेपालगंज राझा स्थित नेपाली सेनाको टुकुडी फिल्डमा खटिएर काम गर्‍यो। कोभिड संक्रमण नियन्त्रणमा समन्वय र व्यवस्थान अंग्रपंक्तिमा खटिएका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई सरोकारवालाले दिए। सुरक्षाकर्मी सीमामा खटिए। नेपाल र भारत सीमावर्तीमा हुने आवागमनमा कडाइ गरे। स्वास्थ्य मापदण्डबिना हिँडडुल गर्नेविरुद्ध सुरक्षाकर्मी कडाइका साथ प्रस्तुत भयो।  

कोरोना संक्रमित डिस्चार्जपछि प्लाज्मा दान गर्न अग्रसर देखिए। त्यतिबेला नरैनापुरमा कोराना संक्रमण आउट ब्रेक भयो। नेपाली सेनाको कमाण्डमा कोरोना आउट ब्रेक नैरनापुर अन्तत नियन्त्रणमा आयो। दोस्रो चरणको कोरोना संक्रमित लहरको चलिरहेको अवस्थामा समन्वय र व्यवस्थापन चुस्त र दुरुस्त हुन सकेको छैन। स्थानीय तह, एनिजिओकर्मी, सुरक्षाकर्मीको दोस्रो चरणको कोराना कहरमा सक्रिय देखिएका छैनन्।  

अस्पतालमा एम्बुलेन्सको व्यवस्थापन कमजोरी देखिएको छ। कहाँ,कसरी र कतिबेला संक्रमितको उद्धार गर्ने योजना नहुँदा एम्बुलेन्स सेवाबाट संक्रमित लाभान्वित हुन सकेका छैनन्। कोभिड अस्पतालको व्यबस्थापन भद्रगोल अवस्था छ। कोभिड अस्पतालमा अक्सिजन,औषधि र बेड अभावमा अस्पतालमा बाहिर बिरामी छटपटाइरहेका छन्। कोभिड अस्पतालमा अनुगमन फितलो देखिएको छ।  

कोभिड अस्पतालमा विरामीका लागि अत्याआवश्यक वस्तु पनि जुटाउँन हम्मेहम्मे परेको छ ।स्रोत र साधनको अभावमा नै कोरोनाका बिरामीको उपचार भइरहेको छ। कतिपय बिरामीले उपचार पाएका छैनन्। दुई साताअघिदेखि कोरोना संक्रमितको घुँइचो लागे पनि उपचारबिनै अस्पताल छटपटाउनुपर्ने बाध्यतामा विरामी छन्। एन्टिजेन्ट चेक अपपछि पिसिआर रिपार्टका लागि बाँकेका पिसिआर ल्याबमा जाने बिरामीको उस्तै घुइँचो छ। बर्दिया, कैलाली, दाङका बिरामीको पिसिआर टेस्टदेखि संक्रमित भर्नाका लागि भरपर्दो भेरी अस्पतालको सेवा आफैं थलिएको छ ।

नयाँ भेरियन्टसहित कोरोना भाइरस तीव्र रूपमा बढिरहेको अवस्थालाई गम्भिरतापूर्वक लिदै स्थानीय प्रशासनले बाँके जिल्लालाई सोमबार राति १२ बजेबाट निषेधाज्ञा जारी गरेको छ। कोरोना संक्रमण तीव्र रूपले बढेको नेपालगन्ज उपमहानगरपालिका कोरोना संक्रमितको संख्या उल्लेख्य छ। शुक्रबार बर्दिया जिल्ला अस्पतालमा ११ जनालाई गरिएको एन्टिजेन्ट टेन्टमा ९ जना कोरोना संक्रमित देखिए भने सोमबार बर्दियामा मात्र ७६ जना कोरोना संक्रमित पुष्टि भएको छ।  

आधा दर्जन भेरी अस्पताल उपचारको लागि पठाईएको छ। औषधि अक्सिजन र बेड अभाव छटपटाइरहेको बर्दिया मधुवन नगरपालिकाका आफन्त कृष्ण क्षत्रीले बताए। ‘बिरामी अत्याआवश्यक दिनुपर्ने सेवा सबै अभाव छ,’ उनले भने, ‘जनशक्तिदेखि औषधि, बेड,अक्सिजन र जनशक्ति सबै अभाव छ ।’ बाँकेमा वैशाख ९ देखि १५ गतेसम्म तथा कोहलपुर नगरपालिकामा वैशाख १२ गतेदेखि १९ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको थियो।  

अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारीसाधनबाहेक अन्य सबै प्रकारका सेवा बैंक तथा वित्तीय संस्था समेत, सवारीसाधन, पसल व्यवसाय, हाट बजार सञ्चालन र अत्यावश्यक काम बाहेकको हिँडडुलमा समेत निषेध गर्ने गरी आदेश जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए। चैत २६ गतेको गृह मन्त्रालयको निर्णयले प्रमुख जिल्ला अधिकारी जिम्मेवारीमा गेलाल सरुवा भएका थिए ।

पहिलो चरणको कोभिड महामारी बेला प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ गृहको निर्णयले इलाका प्रशासन कार्यालय, टीकापुर सरुवा भएको छ। गेलालले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको दिनदेखि दिन दुई, रात चार गुणाका दरले कोरोना संक्रमितको संख्या बढेको छ। प्रमुख जिल्ला अधिकारी गेलालले सहयोगी हातहरूको समन्वय गर्न नसक्नु, जिल्ला वस्तुस्थितिको बारेमा अल्पज्ञान हुनुले कोभिड अस्पतालले तत्काल गर्न पर्ने सेवामा समेत अलमलमा परेको सरोकारवालाले बताएका छन्। छोटो समयमा बढ्दो कोरोना संक्रमण चेन तोड्नका विभिन्न किसिमको बाधा अड्चनबीच प्रजिअ गेलालले समन्वय, व्यवस्थापन र सहकार्य अघि बढाएर मात्र कोरोना चेन तोड्न सफल हुने सरोकारवालाको भनाइ छ ।

प्रकाशित: १४ वैशाख २०७८ ०१:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App