९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोभिड–१९ : पछिल्लो २४ घण्टामा १५० जना संक्रमित थपिए, ३ जनाको मृत्यु

सांकेतिक तस्बिर।

नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ। पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएसँगै मृतकको संख्या ३ हजार १९ पुगेको हो।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४७२ को पीसीआर परीक्षण गरिएकोमा १५० जनाको नतिजा पोजिटिभ आएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ९९ जना संक्रमणमुक्त भएसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार २० पुगेको छ।  

हाल देशभर ५१ जना क्वारेन्टिनमा र एक हजार १७ जना आइसोलेसनमा रहेका छन्।

प्रकाशित: ९ चैत्र २०७७ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App