१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोनाविरुद्धको पहिलो चरणको अभियानमा कपिलवस्तुमा २ हजार २१६ जनाले लगाए खोप

कपिलवस्तसमा कोरोनाविरुद्धको पहिलो चरणको १० दिने खोप अभियानमा २ हजार २१६ जनाले खोप लगाएका छन्। अग्रपंक्तिको काम गर्ने स्वास्थ्यकर्मी, महिला स्यमसेविका सफाइकर्मी, एम्बुलेन्स चालक कारागारका कैदीबन्दी र सुरक्षाकर्मीले पहिलो चरणमा खोप लगाएका हुन्। जिल्ला स्वास्थय कार्यालद्वारा कोरोनाको पहिलो चरणको प्रगति बिवरणका विषयमा आयोजित अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले सो जानकारी गराएका हुन्।  

जिल्लालाई कोभिशिल्ड नामक कोरोनाको खोप ४५ सय भाईल प्राप्त भएको थियो। खोपका लागि २ हजार ४३ जनाको लक्ष्य तोकिएको थियो। महिला स्वयंसेबिका ६ सय ८९ जना, स्वाथ्यकर्मी ७ सय ३२ जना, सरसफाइकर्मी १ सय २, स्वास्थ्य संस्थाका अन्य कर्मचारी ९७, एम्बुलेन्स चालक १४ शव ब्यवस्थापन सुरक्षाकर्मी १ सय ३०, कपिलवस्तु कारागारमा रहेका कैदीबन्दी र सुरक्षाकर्मी ४ सय ५४ र अन्य ८ जनाालई खोप लगाइएको छ। पहिलो चरणमा ३ वटा खोप केन्द्र र ९ वटा स्टेलाई केन्द्र खडा गरिएको थियो। प्रजिअ दीर्घनारायण पौडेलको संयोजकत्वमा रहेको कोरोना समन्वय तथा अनुमगन समितिले अग्रपंतिमा काम गर्ने स्वास्थ्यकर्मी, सरफाइकर्मी, सुरक्षाकर्मीलाई खोप दिने निर्णय गरेको थियो।  

कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेले कोरोना खोपको पहिलो चरणको अभियानमा कपिलवस्तु नेपाल कै तेश्रो स्थान हासिल गरेको बताए। सो अवसरमा कपिलवस्तु अस्पतालका डाक्टर गणेश क्षेत्रीले खोप लगाएको मध्ये कसैलाई पनि ठूलो असर नपरेको बताए। उनले सामान्य रिंगटा लाग्ने, ज्वरो आउने र थकान महसुस हुने बाकेह अन्य केही नभएको उनले बताए।  

पहिलो चरणमा खोप लगाएकाहरुलाई नै दिइएको खोप कार्डका आधारमा २८ दिनपछि फेरि खोप लगाइने छ। प्रजिअ पौडेलले कपिलवस्तुमा पहिलो चरणको खोप अभियान सफलतापूर्वक संपन्न भएको बताए। उनले अभियानमा सबैले राम्रो साथ दिएको बताए। जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले कोरोना खोपमा कपिलवस्तुले राम्रो स्थान हासिल गरेको बताए। जिल्लामा खोपको अवस्था कामजोर भएको भन्दै आगामी बैशाखभित्र खोपको पहुँच र उपभोगलाई बढाई जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्न अभियान चलाइएको बताए। कार्यक्रम प्रअिज पौडेलको अध्यक्षता र उमेश घिमिरेको संचालनमा भएको थियो।

प्रकाशित: २५ माघ २०७७ ०७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App