२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

रुसले आफ्ना नागरिकलाई लगाउन थाल्यो कोरोनाविरुद्धको खोप

गेट्टी इमेज्स

रुसले आफूले बनाएको कोरोनाविरुद्धको खोप नागरिकलाई लगाउन सुरु गरेको छ। 

बिबिसीका अनुसार रुसले राजधानी मस्काेबाट खाेप अभियान थालेकाे हाे। 

सुरुमा कोरोना संक्रमणको जोखिम बढी भएका व्यक्तिलाई प्राथमिकतामा राखिएकाे रुसले जनाएकाे छ।

रुसले विकास गरेको स्पुतनिक-भी खोप नागरिकलाई लगाउन थालेको हो, जुन खोप गत अगस्टमा दर्ता गरिएको थियो।  

यो खोप कोरोना संक्रमण रोक्न ९५ प्रतिशत प्रभावकारी रहेको खोप बनाउने वैज्ञानिकले दाबी गरेका छन्। साथै यसको कुनै ठूलो साइडइफेक्ट पनि नरहेको उनीहरूको भनाइ छ।  

प्रकाशित: २० मंसिर २०७७ ११:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App