३ कार्तिक २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

यी हुन् कोरोनाबाट अति प्रभावित देश

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको संख्या ७८ लाख ९४ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय शनिबार जानकारी दिएको छ।  

पेसा/व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ।  

कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या २ लाख १८ हजार नाघेको छ। कोरोना सङ्क्रमणका कारण दोस्रो स्थानमा रहेको अर्थात् विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ६९ लाख ७९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने तीमध्ये १ लाख ७ हजार ४५० जनाको मृत्यु भइसकेको छ।

कोरोना सङ्क्रमणका आधारमा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ५७ हजार नाघेको छ। सङ्क्रमणका कारण १ लाख ४९ हजारभन्दा बढीको मृत्यु भएको छ।  

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ७२ हजारभन्दा बढी सङ्क्रमित छन् भने २२ हजार २५७ जनाको मृत्यु भएको छ र दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ।  

कोलम्बियामा ८ लाख ९४ हजार ३०० जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ४९५ जनाको मृत्यु भएको छ। स्पेनमा ८ लाख ९० हजार ३८१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भन ३२ हजार ९२९ जनाको मृत्यु भएको छ।  

अर्जेन्टिना ८ लाख ७१ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २३ हजार २५० जनाको मृत्यु भएको छ। पेरुमा ८ लाख ४३ हजार ३५५ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार १५८ जनाको मृत्यु भएको छ।

मेक्सिकोमा ८ लाख ९ हजार ७५१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ५०७ जनाको मृत्यु भएको छ। फ्रान्समा ६ लाख ९१ हजार ९७७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३२ हजार ५८३ जनाको मृत्यु भएको छ।  

दक्षिण अफ्रिकामा ६ लाख ८८ हजार ३५२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने १७ हजार ५४७ जनाको मृत्यु भएको छ।  

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शनिबारसम्म १० लाख ७२ हजार ८२६ जना पुगेको छ।  

यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर ३ करोड ७१ लाख २० हजार पुगेको छ। कूल सङ्क्रमितमध्ये २ करोड ७९ लाख २ हजारभन्दा बढी निको भएका छन् भने ८१ लाख ४४ हजार अझै सक्रिय सङ्क्रमित छन्।  

विश्वभर अझै पनि ६८ हजारभन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल छ। युरोपेली मुलुक खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्ध घोषणा गर्न थालिएको छ। एएफपी

प्रकाशित: २४ आश्विन २०७७ ०८:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App