९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

यी हुन् छुनै नहुँने गुणस्तरहीन १७ कम्पनीका सेनिटाइजर

औषधि व्यवस्था विभागले गुणस्तरहीन विभिन्न ९ वटा कम्पनीका सेनिटाइजर उपभोक्तालाई प्रयोग नगर्न र उत्पादकलाई बिक्री वितरणमा रोक लगाएको छ। यसअघि ८ वटा सेनिटाइजरको प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ। विभागले हालसम्म १७ वटा सेनिटाइजर कम्पनीहरुलाई विभागले कारबाही गरिसकेको छ।

विभागले हाले गरेको नियमित अनुगमनका क्रममा विषाक्त पदार्थ मिश्रित तथा इथानोलको मात्रा कम भएका र मिथानोल मिश्रित सेनिटाइजमाथि बिक्री र उत्पादनमा प्रतिबन्ध लगाएको छ।

विभागका अनुसार शिखा कस्मेटिक उत्तरखण्ड भारतबाट उत्पादित हर्वल फ्रि ह्याण्ड रब, पर्साको रिप्याक आर केमिकल एण्ड प्याकिङ इण्ड्रस्टिजको कुम ह्याण्ड सेनिटाइजर, सोही कम्पनीको क्लिन ह्याण्ड सेनिटाइजर, कुम–कुम हर्वल इष्ड्रष्जि बनेपाबाट उत्पादित कुम–कुम इन्ड्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर, सोही कम्नपीको इन्स्ट्याण्न्ट ह्याण्ड सेनिटाइजारविरुद्ध कारबाही गरेको विभागले जनाएको छ।

त्यसैगरी, ललितपुर महालक्ष्मी ओम आरोग्य ह्याण्ड सेनिटाइजर, साधना इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर काठमाडौं, कालिका सोप एण्ड केमिकल्स् काठमाडौंबाट उत्पादित ड्रोप सेनिटाइजर, सोही कम्पनीबाट उत्पादित ड्रोन ह्याण्ड सेनिटाइजर क्लरलेस पनि गुणस्तरहीन पाइएको विभागले जनाएको छ।

यस्ता सेनिटाइजरको प्रयोगल जनस्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भएकोले उपभोक्ताहरुले यी कम्पनीका सेनिटाइजर प्रयोग नगर्न विभागले सुझाएको छ। यी सेनिटाइजहरु अनुगमनका क्रममा मानव स्वास्थ्यको लागि हानिकारक मिथानोल नामक तत्वको बढी मात्रा र अन्य हानिकारक रसायनको मिसावट पाइएकोले प्रयोगनमा प्रतिबन्ध लगाएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए।

विभागले अनुगमनको दायरा अन्य प्रदेहरुमा समेत सुरु भइसकेको विभागका महानिर्देशक नारायण ढकालले बताए। उनका अनुसार हाल विराटनगर, वीरगन्ज, नेपालगन्जलगायतका ठूला सहरहरुमा समेत यसको अनुगमन सुरु भइसकेको छ।

केसीका अनुसार यस्ता सेनिटाइजर प्रयोग भएमा हात चिरा पर्ने, छालामा खस्रोपना आउने हुन्छ। यो कुनै रुपमा खाइएमा मान्छेको मृत्युसमेत हुन्छ भने लामो समय छालमा प्रयोग भएमा नशा सम्बन्धी रोग लाग्नेसमेत जोखिम हुन्छ। 

प्रकाशित: १३ आश्विन २०७७ ०२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App