२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

रुसका वैज्ञानिक भन्छन् : हामीले बनाएको काेराेना खोपले काम गर्‍याे

फाइल तस्बिर

रुसका वैज्ञानिकले आफूहरूले बनाएको खोपले मानिसमा कोरोनाविरुद्ध लड्ने शक्ति (एन्टिबडी) विकास गरेको दाबी गरेका छन् ।

रुसले यसअघि नै विश्वको पहिलो सफल कोरोना खोपका रूपमा घोषणा गरेको स्पुत्निक–५ नामको खोप परीक्षणको पहिलो प्रतिवेदन प्रकाशन गर्दै वैज्ञानिकले खोप लगाएका सबैमा एन्टिबडी विकास भएको पाइएको दाबी गरेका हुन् । 

मेडिकल जर्नल ‘द लान्सेट’मा प्रकाशित रिपोर्टअनुसार खोप लिएका सबै ३८ जनामै एन्डिबडी विकास भएको छ भने कसैमा गम्भीर साइड इफेक्ट पनि देखिएको छैन । तर सामान्य टाउको र जोर्नी दुख्ने समस्या भने देखिएको छ ।

जर्नलमा प्रकाशित रिपोर्टअनुसार १८ देखि ६० उमेर समूहका उनीहरुलाई खाेपकाे पहिलो डोज दिइएको ३ सातापछि बुस्टर डोज दिइएको थियो । त्यसको ३६ दिनमै सबैको शरीरमा एन्टिबडी विकास भएको पाइएको हो । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत अगस्टमै खोप प्रयोगका लागि खुला गरिएको घोषणा गरेका थिए । उनले आफ्नी छोरीलाई समेत खोप लगाएको र परिणाम राम्रो देखिएको भन्दै स्पुत्निक–५ लाई विश्वको पहिलो सफल खोप भएकाे दाबी गरेका थिए ।  

जर्नलमा प्रकाशित प्रतिवेदअनुसार अब खोपको तेस्रो चरण परीक्षण गरिनेछ । जसमा फरक-फरक उमेर र जोखिम समूहबाट ४० हजार मानिस सहभागी हुनेछन् ।  

तर केही पश्चिमा विज्ञले चाँडै खोप निकालेकाले प्रभावकारिता र विश्वसनीयतामा शंका व्यक्त गरिरहेका छन् ।  खोप बजारमा उपलब्ध हुन अझै लामो प्रक्रिया पूरा गर्न बाँकी रहेको चेतावनी दिएका छन् ।

प्रकाशित: २० भाद्र २०७७ १०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App