५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

युनिसेफले कोभिड खोप किनिदिने

युनिसेफले कोभाक्स सुविधाको तर्फबाट न्यून तथा न्यूनमध्यम आय भएका ९२ वटा देशहरूका लागि पिएएचओ कोषसँगको सहकार्यमा कोभिड–१९ विरुद्वको खोप खरिद गरी आपूर्ति गर्ने भएको छ । विश्वव्यापी खोप आपूर्ति योजनाअन्तर्गत कोभिड–१९ विरुद्वको खोप खरिद तथा वितरण पहलको नेतृत्व युनिसेफ गरिरहेको जनाएको हो । सोहीअनुसार गाभी कोभाक्स एएमसीका साथै मानवीय आपतकालमा उपयोगको लागि संक्रमणकालीन मौज्दातमार्फत एक संयन्त्रको सहयोग रहने छ । उच्च आय भएका ८० वटा देशहरूले गर्ने खरिद कार्यमा पनि युनिसेफले खरिद संयोजकका रूपमा सघाउने छ ।  

त्यसका लागि युनिसेफले विश्व स्वास्थ्य संगठन, गाभी, सिइपिआई, पिएएचओ, विश्व बैंक, बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन तथा अन्य साझेदारहरूसँग सहकार्य गर्नेछ । युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले कोभिड–१९ विरुद्व उच्च तहको लडाइँ जारी राख्नका लागि सरकार, उत्पादक तथा बहुपक्षीय साझेदारबीचमा बहुपक्षीय साझेदारी भएको जनाएका छन् । खोपका लागि सामुहिक कोशिस भैरहेको अहिलेको समयमा भविष्यमा उपलब्ध हुनासाथ सबै देशले सुरक्षित, छिटो र समान वितरणको आधारमा खोप प्राप्त गन जनाउँदै त्यसको सुनिश्चित गर्नको लागि युनिसेफले खोप आपूर्ति कार्यमा रहेको र आफ्नो क्षमतालाई भरपुर उपयोग गरिरहेको पनि जनाइएको छ ।

प्रकाशित: २० भाद्र २०७७ ०२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App