२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

६ जना चिकित्सकमा कोरोना देखिएपछि अस्पताल बन्द

कर्णाली प्रदेश अस्पतालमा कार्यरत छ जना डाक्टरहरुमा कोरोना संक्रमण देखिएपछि अनिश्चितकालका लागि अस्पतालको आकस्मिकबाहेका सबै सेवा बन्द गरिएको छ । बुधबार पाँच जना र मंगलबार एकजनामा कोरोना संक्रमण देखिएको थियो । अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार कोरोना संक्रमण देखिएका दुई जना कन्सल्ट्यान्ट डाक्टर हुन् भने चार जना मेडिकल अधिकृत हुन् । एक जना अस्पताल कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।  

चिकित्सकमा कोरोना देखिएपछि बिहीबारदेखि अनिश्चितकालका लागि आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको निर्देशक डा. खड्काले जानकारी दिए । ‘कोरोना संक्रमणको नियन्त्रण तथा उपचारमा अग्रपंतिमा रही सेवा प्रदान गर्दै आइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएकोले अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुलाई कोरोनाको संक्रमण हुन नदिनका लागि उच्च सतर्कता अपनाउनु आवश्यक देखियो,’ प्रदेश अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही दिनका लागि आकस्मिकबाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरिएको छ ।’

यसअघि पनि अस्पतालका कार्यरत तीन जना चिकित्सकहरुमा कोरोना देखिएको थियो । तीनै जना अहिले आफ्नो काममा फर्किएका छन् ।

प्रकाशित: ११ भाद्र २०७७ १३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App