२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुमा कोरोना संक्रमणको दर ८ दशमलव ६ प्रतिशत

कपिलवस्तुमा स्वाब संकलन गरिएकामध्ये ८ दशमलव ६ प्रतिशतमा कोरोना संक्रमित भेटिएका छन्। जिल्लामा मंगलबारसम्म १२ हजार ४३२ जनाको स्वाब संकलन गरिएको हो। जसमध्ये पिसिआर परीक्षण गर्दा १ हजार ६७ जना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए।  

यस्तै कुल आरडिटी १२ हजार ६२८ गर्दा १ हजार ४ सय ६५ पोजेटिभ देखिएको छ। कन्ट्याक्ट ट्रेसिङ गरिएका २ हजार ९३९ मध्ये १ सय ९२ जना पोजेटिभ देखिएका छन्। समुदायबाट लिइएको ८ सय ७४ स्वाबमध्ये ८६ जना संक्रमित देखिएका छन्। आफैले शुल्क तिरी परीक्षण गराएका १५ जना, तथा क्वारेन्टिनमा बसेका ७ सय ७७ जना संक्रमित भएका हुन्।  

ट्राभल हिस्ट्रीका आधारमा ८ हजार ११९ जनाको स्वाब संकलन गरिएको छ। १ सय ९६ जना सकृय संक्रमित छन् भने ८ सय ६८ जना निको भई घर फर्कीसकेका छन्। यस्तै कोरोनाबाट जिल्लामा २ जनाको मृत्यु भएको छ।  

कपिलवस्तुमा ४५ जना सुरक्षाकर्मी संक्रमित 

कपिलवस्तुमा हालसम्म ४५ जना सुरक्षाकर्मी संक्रमित भएका छन्। जसमध्ये नेपाल प्रहरीका ४३ र सशस्त्र प्रहरीका २ जना संक्रमित भएका हुन्। चैत्र ११ देखि सरकारले गरेको लकडाउनपछि हालसम्म ती संक्रमित भएका हुन्।  

नेपाल प्रहरीका ४३ मध्ये ६ जना निको भई घर फर्किसकेका कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए। ३७ जनामा सकृय संक्रमित छन्। यस्तै सशस्त्रका २ मध्ये एक जना निको भई काममा फर्किसकेको र एक जना सकृय संक्रमित छन्।  

संक्रमित सुरक्षाकर्मी रुपन्देही र कपिलवस्तुका विभिन्न अस्पतालमा उपचारार्थ रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। कोरोना विशेष अस्पताल बुटवलमा ३ जना, १० जना कृष्णनगर आइसोलेसन र २४ जना प्रहरीको तौलिहवा स्थित महिला तथा बालबालिका कार्यालयको आइसोलेसनमा छन्। लकडाउन पछिको पछिल्लो एक महिनाको अवधीमा संक्रमितको संख्या बढेको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कोरोनाको सामान्य लक्षण देखिएका प्रहरीको मात्र पिसीआर जाँच गराउने गरेको छ। उता बैकिङ संस्था र ब्यवसायीहरु तीस तीस बढी संक्रमित भएका छन्। शिक्षक, विद्यार्थी, कर्मचारी लगातय समेत संक्रमित भएका छन्।

प्रकाशित: ९ भाद्र २०७७ १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App