५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

काठमाडौंको ओम हस्पिटलमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौंको चाबहिलस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका–७, स्थित बजारमा मःम पसल सञ्चालन गर्ने सिन्धुलीको मरिनस्थित साहन स्थायी घर भएकी ३३ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।  

सर्लाहीको लालबन्दी–१२, जियाजोर उनको माइती हो । त्यहाँका वडाध्यक्ष दुर्गाबहादुर आलेले उनको मृत्यु भएको पुष्टि गरे ।  

ती महिलाका भाइले पनि नाम नबताउने सर्तमा नागरिकन्युजसँग आफ्नी दिदीको मृत्यु भएको पुष्टि गरे । अहिले उनी हस्पिटलमै छन्।   

‘शुक्रबार राति १० बजेतिर दिदीको मृत्यु भएको हो,’ उनले भने, ‘अहिले शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।’

उनका अनुसार लालबन्दीमै टाइफाइड भनेर औषधि खाइरहेकी दिदीको अवस्था अलि जटिल बन्दै गएपछि भरतपुर अस्पताल ल्याइएको थियो । तर त्यहाँबाट काठमाडौं ल्याउन सुझाव दिएपछि भदौ ३ गतेदेखि ओम हस्पिटलको आइसियुमा राखिएको थियो । तर शुक्रबार राति मृत्यु भएको उनले बताए ।  

‘यहाँका डाक्टरले तीन–चार चोटि स्वाब जँचाएका थिए । पहिला नेगेटिभ भनेका थिए । तर मृत्यु भइसकेपछिको रिपोर्ट पोजिटिभ आएको दिएका छन्,’ उनले भने ।

उनका अनुसार उनकी दिदीमा यसअघि कुनै रोग थिएनन् ।  

प्रकाशित: ६ भाद्र २०७७ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App