१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कोरोना नियन्त्रण गर्न क्वारेन्टिनमा कडाइ

कोही व्यक्ति बाहिरी जिल्लाबाट आयो कि वडा कार्यालय, घरबेटी र काम गर्ने कार्यालयको एउटै माग हुने गर्छ– पहिले पिसिआर परीक्षणको रिपोर्ट देखाऊ । यसैकारण अहिले अस्पतालहरूमा पिसिआर परीक्षण गराउन चाहनेको भिड नै लाग्ने गरेका छन् । तर यो प्रक्रिया कोरोनाबाट बच्न पर्याप्त नहुने विज्ञले बताएका छन् ।  

यो तरिकाले एकातिर पिसिआर परीक्षणको दुरुपयोग हुने र कोरोना भाइरस समुदायमा फैलिने दुवै जोखिम हुने चिकित्सक बताउँछन् । यसको सट्टा व्यक्ति एक जिल्लाबाट अर्कोमा जाँदा अनिवार्य रूपमा घरमै वा सरकारले व्यवस्था गरेको क्वारेनटिनमा १४ दिन नियमपूर्वक बस्नु सबैभन्दा भरपर्दाे विधि भएको उनीहरूको भनाइ छ ।  

स्वास्थ्यमा समस्या नभएका व्यक्तिको हकमा अनिवार्य रूपमा क्वारेनटिनमा बस्ने र बीचमा कुनै समस्या आएमा मात्र अस्पताल जाने वा स्वास्थ्यकर्मीलाई खबर गरी पिसिआर परीक्षण गराउनु उचित हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला बताउँछन् ।  

चिकित्सकका अनुसार संक्रमण सुरुकै चरणमा छ भने पिसिआर परीक्षण गरे पनि पोजिटिभ देखाउँदैन । तसर्थ कोही कतैबाट आउनेबित्तिकै पिसिआर परीक्षण गराउनुभन्दा व्यवस्थिति क्वारेनटिनमा बसाउनु उचित हुने चिकित्सक बताउँछन् । तर कोरोना प्रभावित जिल्लाबाट फर्केको अवस्थामा भने तुरुन्तै पनि परीक्षण गर्न सकिन्छ ।  

स्वास्थ्यमा समस्या नभएका व्यक्तिको हकमा अनिवार्य रूपमा क्वारेनटिनमा बस्ने र बीचमा कुनै समस्या आएमा मात्र अस्पताल जाने वा स्वास्थ्यकर्मीलाई खबर गरी पिसिआर परीक्षण गराउनु उचित हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला बताउँछन् ।  

‘क्वारेन्टिन बसेको केही दिनमा परीक्षण गर्दा सही रिपोर्ट आउँछ,’ उनले भने, ‘लक्षण नदेखिएमा जाँच गर्नैपरेन, देखिएमा हामी तुरुन्त परीक्षण गरी उपचार गर्छौं ।’ यस्तो प्रक्रिया अपनाए मात्र कोभिड–१९ नियन्त्रण प्रभावकारी हुने उनको  दाबी छ ।  

तर कतिपय स्थानीय तहले बनाएका क्वारेन्टिन व्यवस्थित नभएको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर तथा अनुगमन शाखाका प्रमुख डा. विकास देवकोटा स्वयं स्वीकार्छन् । कतिपय क्वारेन्टिनमा शौचालय अभाव, व्यक्तिबीच भौतिक  दूरी कायम नभएको, तास खेलेर बसेको र अन्य सफाइ नभएको पाइएको चिकित्सक बताउँछन् ।  

चिकित्सकका अनुसार यस्तो अव्यवस्थित क्वारेनटिनमा संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्ने जोखिम ज्यादै हुन्छ भने यस अवधिमा संक्रमित भएकामा १४ दिनपछि पनि कोरोना पोजिटिभ हुन सक्छ ।  

यस्ता व्यक्ति पिसिआर नगरी बाहिर गएमा संक्रमण समु्दायमा फैलिने जोखिम हुने चिकित्सक बताउँछन् । यसकारण पहिलो प्राथमिकता व्यवस्थित क्वारेनटिन र त्यहाँ बस्दा कडाइपूर्वक नियम पालना गर्नुपर्ने सरुवा रोग अस्पतालका अनुसन्धान संयोजक डा.शेरबहादुर पुनले बताउँछन् । ‘अब संक्रमण समुदायमा फैलिन नदिन पहिलो प्राथमिकता व्यवस्थित क्वारेनटिन नै हो,’ उनले भने ।  

स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डअनुसारको क्वारेनटिनमा नियमपूर्वक १४ दिन बसेर बाहिर निस्केका व्यक्तिबाट कोरोना नसरेकोे तथ्य अनुसन्धानले देखाएकाले स्वास्थ्य मन्त्रालयले क्वारेन्टिनमा रहेका र समस्या नदेखिएका व्यक्तिलाई पिसिआर परीक्षण नगरी पठाउने गरी मापदण्ड परिर्वतन गरेको चिकित्सक बताउँछन् । ‘क्वारेनटिन व्यवस्थित र सुरक्षित हुनुपर्छ, अन्य अवस्थामा पिसिआर गर्नुपर्छ,’ डा. पुनले भने ।  

प्रकाशित: १७ असार २०७७ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App