९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

गाउँपालिकालाई स्वास्थ्य सुरक्षाका सामग्री

जी फाउण्डेसन नेपालले खोटाङको ऐसेलुखर्क गाउँपालिकालाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सहयोग पु-याउनका लागि जी फाउण्डेसनले गाउँपालिकालाई फोल्डिङ बेड, मास्क, पिपिई सेट, सर्किकल ग्लोव्स प्रदान गरेको हो ।  

जी फाउण्डेसनले गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलालाई १५ वडा फोल्डिङ बेड, १५० वटा केएन ९५ मास्क, २० थान पिपिई सेट र ३० जोर सर्जिकल ग्लोव्स हस्तान्तरण गरेको जनाएको छ । कोभिड–१९ को महामारी विरुद्धको अभियानमा हातेमालो गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत जी फाउण्डेसनले विभिन्न स्वास्थ्य संस्थालाई वितरण गर्नेगरी स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको गाउँपालिकाका आइटी अफिसर सिर्जन राईले बताए । 

प्रकाशित: १२ असार २०७७ ०४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App