१२ मंसिर २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भक्तपुर जनस्वास्थ्यको ओपीडी सेवा सुरु

भक्तपुर नगरपालिकाद्धारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंह भक्तपुरमा मंगलबारदेखि ओपीडी (बहिरंग सेवा) सेवा सुरु भएको छ । केन्द्रमा कोरोनाको लकडाउनसँंगै ओपीडी सेवा बन्द भएको थियो ।  

केन्द्रका इन्चार्ज डा रत्नसुन्दर लासिवाका अनुसार केन्द्र अन्तर्गतका च्याम्हासिंह, भगवतीस्थान र व्यासी तीन नै ठाउँंमा सोमबारदेखि ओपीडी सेवा सुरु भएको छ । जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंह, जनस्वास्थ्य सेवा केन्द्र भगवतीस्थान र नगर स्वास्थ्य केन्द्र व्यासी तीनै ठाउँंमा सेवा सुरु भएको डा लासिवाले जनाएका हुन् । सेवा अन्तर्गत यसअघि जस्तै च्याम्हासिंहमा विहान र बेलुकी, भगवतीस्थानमा बेलुकी मात्रै र व्यासीमा विहान सात वजेदेखि दिउँंसो दुई बजेसम्म सेवा सुचारु हुनेछ ।  

भक्तपुर नगरपालिकाले स्वास्थ्य सेवा अन्तर्गत तीन ठाउँंमा स्वास्थ्य केन्द्र बनाई ओपीडी सेवा उपलव्ध गराउँंदै आएको छ । यी तीनमध्ये च्याम्हासिंहमा इमर्जेन्सी सेवासहितको अस्पताल सेवा पनि उपलव्ध छ । यहाँं अन्तररंग सेवा पनि उपलव्ध छ । नगरपालिकाले अहिले च्याम्हासिंहमै ठूलो ख्वप अस्पताल सञ्चालनका लागि भबन निर्माण गर्दै आएको छ ।  

 

 

 

 

प्रकाशित: २ असार २०७७ ०६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App