२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

जिन अनुसन्धान गर्न दिएकोमा ६ जनासँग स्पष्टीकरण

सरकार तथा सम्बन्धित निकायलाई जानकारी नदिई कोरोना संक्रमित पहिलो युवाको जिन विदेशी संस्थालाई अनुसन्धान गर्न दिएको विषयमा स्वास्थ्य अनुसन्धान परिषद्ले जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झासहित ६ जनालाई स्पष्टीकरण सोधेको छ । उनीहरूलाई परिषद्ले लिखित पत्रमार्फत स्पष्टीकरण सोधेको हो । 

परिषद्ले निर्देशक झाराष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर वासुदेव पाण्डेशुक्रराज सरुवा रोग अस्पतालका डाक्टर अनुप बाँस्तोलामहाशाखाका पूर्वनिर्देशक डाक्टर विवेककुमार लालप्रयोगशालाकै रंजित शाह र हेमन्त चन्द्र ओझालाई स्पष्टीकरण सोधिएको परिषद्ले जनाएको छ । 

नेपालका पहिलो संक्रमित युवाको जिन अनुसन्धानका लागि राष्ट्रिय प्रयोगशालासहितको समूहले सम्बन्धित निकायमा अनुमति नलिई दिएकाले स्पष्टीकरण लिइएको स्वास्थ्य अनुसन्धान परिषद्का एक अधिकारीले बताए । केही दिनअघि ‘अमेरिकी सोसाइटी फर माइक्रोबायोलोजी जर्नल’मा प्रकाशित भएपछि मात्र अनुसन्धान परिषद् तथा स्वास्थ्य मन्त्रालयले थाहा पाएको हो । 

राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि जिनको अनुसन्धान गर्नुअघि सम्बन्धित व्यक्ति तथा देशको सम्बन्धित निकायको अनुमति लिनुपर्ने र निकायहरूबीच छलफलसमेत हुनुपर्ने प्रक्रिया छ । सम्बन्धित देशमा अनुसन्धान परिषद् नभएको अवस्थामा अन्य प्रक्रिया पूरा गर्नुपर्छ तर परिषद् भएको अवस्थामा लिखित प्रस्ताव पूरा गर्नुपर्छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन २०४७ बमोजिम कुनै पनि मानव स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृत लिनुपर्छ । ऐनको दफा १२ उफदफा ३मा कसैले स्वीकृत नलिई स्वास्थ्यसम्बन्धी अध्ययन अनुसन्धान गरे कारबाही गरिने व्यवस्था छ । यो स्वीकृतिबिना नै झासहितको टोलीले वैज्ञानिक अनुसन्धान कार्य सम्पन्न गरी लेखसमेत प्रकाशित भएको पाइएकाले स्पष्टीकरण सोधिएको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य डाक्टर प्रदीप ज्ञवालीले बताए । ‘स्पष्टीकरण पत्रमार्फत सोधेका छौंजवाफ आएको छैनइथिकल नभएपछि परिषद्ले स्पष्टीकरण सोधेको हो,’ डाक्टर ज्ञवालीले भने । 

गत माघ ९मा चीनको वुहानबाट आएका एक ३५ वर्षीय युवकमा लक्षण देखिएपछि उनी टेकु अस्पताल पुगे । अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठायो । प्रयोगशालामा परीक्षण नभएपछि विश्व स्वास्थ्य संगठनले मान्यता दिएको हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाको रिपोर्ट आएपछि युवकको जिन अनुसन्धानका लागि विदेशी अनुसन्धान निकायलाई पठाइएको परिषद्को छानबिनको क्रममा पाइएको छ । 

स्पष्टीकरण सोधिएको समूहले नेपालको कानुनविपरीत मात्र नभएर अन्तर्राष्ट्रिय कानुन बायोम्याट्रिकसम्बन्धी महासन्धि २०१४ समेत उल्लंघन गरेको छ । घटनालगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झासहितको टोलीलाई बोलाई छलफलसमेत गरेको मन्त्रालय स्रोतले जनाएको छ । 

यस विषयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक झाले भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला आफैंमा भाइरस अनुसन्धानका लागि सक्षम निकाय भएको र यो प्रक्रियामा अन्य निकायसमेत भएकाले आफ्नो मात्र निर्णय नभएको बताइन् । ‘अनुमति दिने निकायमा राष्ट्रिय इपिडियामोलोजी तथा अन्य निकाय पनि छन्म मात्र होइन,’ उनले शुक्रबार नागरिकसित भनिन् । प्रक्रियाबारे डाक्टर झा थप बोल्न चाहिनन् । 

यस विषयमा राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर वासुदेव पाण्डेले सो समयमा आफू महाशाखामा नरहेको र टेकु अस्पतालको निर्देशकको रूपमा रहेको बताए । त्यतिबेला पहिलो संक्रमितको इन्फ्लुएन्जा परीक्षण गर्दा नेगेटिभ आएपछि मात्र परीक्षणका लागि अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य संगठनको समन्वयमा हङकङ पठाएको बताए । डाक्टर पाण्डेले पनि यस विषयमा थप बोल्न चाहेनन् । 

नेपालसित बिनाअनुमति अन्तर्राष्ट्रिय अनुसन्धान निकायलाई जिनको अनुसन्धान गर्न दिँदा अनुसन्धानको आधारमा भाइरसविरुद्ध खोप बनेको अवस्थामा उनीहरूले भाइरसविरुद्ध खोप बनाएर प्रतिलिपि अधिकारसमेत खोस्न सक्थे । ‘भाइरस नयाँ थियो भने उनीहरूले भ्याक्सिन बनाएर प्रतिलिपि अधिकारसमेत खोस्थेभाइरस नयाँ नभएर नोवेल रहेछ । राज्यमा अनुसन्धानबारे कतै पनि दर्ता नभएकाले प्रतिलिपि अधिकार पनि खोसिने स्थिति थियो,’ परिषद् स्रोतले शुक्रबार नागरिकसित भन्यो । कुनै पनि स्वास्थ्यसम्बन्धी अध्ययन अनुसन्धान गर्दा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई लिखित रूपमा प्रस्ताव पठाउनुपर्ने प्रक्रिया छ । परिषद्को बोर्डले पारित गरेपछि मात्र अनुसन्धान गर्न पाइन्छ ।

प्रकाशित: २ जेष्ठ २०७७ २१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App