विराटनगर - प्रदेश नं १ मा २९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेका सूचना डेस्कका अनुसार प्रदेशमा पिसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९०६ जनाको नमूना सङ्कलन भई परीक्षणका लागि पठाइएको छ। तीमध्ये २४३ महिला र ६६३ पुरुष छन्। उनीहरुमध्ये ८७ महिला र ४९६ पुरुषको रिर्पोट नेगेटिभ आएको छ।
दू्रत परीक्षण विधि ९आरडिटी० बाट जम्मा चार हजार १६० जनाको नमूना परीक्षण गरिएको छ। परीक्षण गरिएकामा ६७६ महिला र तीन हजार ८८४ पुरुष छन्। यता प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या एक हजार १६३ पुगेको छ। ४३ जना डिस्चार्ज भएको र आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० छन्। होम क्वारेन्टाइनमा ९०३ महिला र चार हजार ४८४ पुरुष गरी कूल पाँच हजार ३८७ बसिरहेका छन्। रासस
प्रकाशित: १२ वैशाख २०७७ १४:१८ शुक्रबार