२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं- मंगलबार ९ जनामा  कोरोना संक्रमण भएसंगै  संक्रमितको संख्या ४० जना  पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित  हुनेमा उदयपुरका ३३ वर्षीय एक पुरुष सहित अन्य ८ जना रहेका छन्। एक जनाका पुरुषको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलामा भएको थियो भने अन्य आठ जनाको कोशी प्रादेशिक अस्पतालमा भएको थियो र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिषठानले पुष्टि गरेको हो। उनीहरु ९ औ जना उदयपुर झुल्केका रहेका छन्।

 उनीहरु सवैको पिसिआर बिधिवाट नमूना परीक्षण भएको थियो। उदयपुरमा गत आइतबार एकै पटक १२ जनामा संक्रमण देखिएपछि केन्द्रीय कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले नेपाली सेना सहितको टोली नमूना संकलनको लागि पठाएको थियो। टोलीले जम्मा ३ सय २० जनाको  पिसिआर नमूना संकलन गरेको छ। उदयपुरवाटै सकंलन गरिएको नमूना मध्येमा कोशी अंचल अस्पतालमा पिसिआर विधिवाट ८ जनामा कोरोना पोजिटिभ देखिएपछि थप पुष्टि गर्नको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।  

हालसम्म सरकारले ३६ हजार ७ सय १९ पुगेको छ। यो मध्येमा पिसिआर विधिवाट ८ हजार ७ ६३ जनाको नमूना परीक्षण भएको छ भने आरडिटी बिधिवाट २७ हजार ९ सय ५६ जनाको नमूना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पिसिआर विधिवाट ३ सय ३६ र आरडिटी बिधिवाट २८ सय ८ जनाको नमूना संकलन भएको छ।

त्यसै गरी देशभरमा १ सय ६ जना आइशोलेशन वार्डमा उपचरार्थ छन्। ती मध्येमा  ६ जना उपत्यका भित्र र १ सय  जना उपत्यका बाहिरका छन्। पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमणको रातो सूचीमा परेका छन्।उनीहरु मन्त्रालयले उपलब्ध गराएका मोवाइल एप्स तथा वेभसाइट मार्फत सम्पर्कमा आएका हुन्। उनीहरुको परिक्षणको लागि कार्य भइरहेको मन्त्रालयले जनाएको छ।

हालसम्म भएका कुल र्‍यापिड डाइग्नोसिस टेष्ट अर्थात् आरडिटी बिधिवाट २७ हजार ९ सय ५६ जनाको परिक्षण भइसकेको छ। ती मध्येमा सवै भन्दा बढी सुदुरपश्चिम प्रदेशमा ६ हजार १ सय ७७ जनाको परिक्षण भएको छ। त्यसै गरी प्रदेश ३ मा ५ हजार १ सय ५७ जनाको परिक्षण भएको छ भने तेस्रो बढी संख्यामा गण्डकी प्रदेशमा ४ हजार १ सय ८३ जना रहेका छन्। त्यसपछि क्रमश कर्णाली प्रदेशमा ३ हजार ७ सय ३८, प्रदेश दुईमा ३५ सय ९८ र प्रदेश १ मा २६ सय २० जनाको परिक्षण भएको छ। त्यसै गरी प्रदेश ५ मा सवै भन्दा कम २ हजार ४ सय ८३ जनाको परिक्षण भएको छ।

उदयपुर तथा वीरजंजगमा भेटिएको कोरोना संक्रमण्को स्थिति नियन्त्रण,खोजी र परिक्षण र अन्य व्यवस्थापनको लागि मन्त्रालयवाट टोली पठाइएको प्रवक्ता विकास देवकोटाले बताए।  वीरगंज र उदयपुरमा पुगेको टोलीले कुल ३ सय २० जनाको लागि पिसिआर विधिवाट परिक्षण गर्ने गरी नमूना संकलन भएको छ। उदयपुर र वीरगंजमा संक्रमित व्यक्तिहरुको कन्ट्याक्ट टे«सिङ गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ।

घरमै बसेर पूजा र प्रार्थना गर्नु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि धार्मिक आस्था राख्ने व्यक्तिरुलाई लकडाउनको समयमा मठमन्दिर,चर्च,गुम्वमा तथा मस्जिदमा पुगेर पूजा पाठ नगर्न अनुरोध गरेको छ। यसको सट्टा यो अवधिमा घरैमा बसेर पूजा,प्राथना गर्नको लागि अनुरोध गरेको छ। यो अवधिमा बिभिन्न धर्मालम्वीहरु मठमन्दिर तथा चर्चमा सामुहिक रुपमा पुगेर पूजा तथा प्राथना गर्ने गरेको पाइएको र सामुहिक रुपमा जाँदा एकअर्कामा कोरोना संक्रमण हुने जोखिम हुने भएकोले यसो नगर्न आग्रह गरेको छ। मन्त्रालयले धार्मिक संस्थाहरुसित भेटेर छलफल गरेको एक धार्मिक संस्थाले लकडाउनको अवधमिा मस्जिद नजानु भन्दै पे्रस विज्ञप्ति समेत जारी गरेको छ। विज्ञिप्त मार्फ अनुरोध समेत गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोही क्रममा मन्त्रालयले यो अवधिमा एकै पटक मन्दिर,चर्चमा निस्कनुको सट्टा घरैमा बसेर पूजा तथा प्राथना गर्न अनुरोध गरेको छ। ‘सामाजिक दुरी कायम राख्नु,भीडभाड नगर्नु,सामुहिक रुपमा भेला भएर पूजा प्राथना नगर्न अनुरोध गर्छु’स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले भने।

 

प्रकाशित: ९ वैशाख २०७७ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App