२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कोरोना राहत कोषमा लामिछानेको १५ लाख सहयोग

काठमाडौं-  लन्डनमा व्यवसाय गर्दै आएका रवीजंग लामिछानेले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा १५ लाख रुपैयाँ प्रदान गरेका छन्।

लन्डनमा फेसन सम्वन्धी व्यवसाय गरिरहेका उनले दु:खको क्षणमाम मातृभूमिलाई सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताए।

विश्वका शक्ति राष्ट्रलाई समेत कोरोना महामारीले सिथिल पारिरहेको सन्दर्भमा सचेत र सावधान रहन उनले आग्रह गरे। उनले २०७२ को महाभूकम्पका बेला पनि प्रधानमन्त्री राहत कोषमा ५१ लाख १७ हजार ७ सय २७ रुपैयाँ प्रदान गरेका थिए।

पर्वतबाट दुई दशक अगाडि लन्डन पुगेर व्यवसाय गर्दै आएका उनले विभिन्न समाजसेवी काम गर्दै आइरहेका छन्। लामिछानेले ५० जना असहाय विद्यार्थीलाई निशुल्ल अध्यनको लागि सहयोग समेत गर्दै आइरहेका छन्।

उनले आफ्ना स्वर्गीय पिता चन्द्रजंग लामिछानेको सम्झनामा एक करोड ७० लाख रुपैयां लागतमा चन्द्रेश्वर महादेव मन्दिर र दुई तले रुक्बिना भजन किर्तन मण्डल भवन काठमाडौंमा बनाएका छन्। नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा भक्तजनहरुको सुविधाका लागि भान्सा, पानी ट्यांक र धारा बनाउन समाजसेवी लामिछानेले २० लाख रुपैयाँ सहयोग गरेका थिए।

बेलायतको अल्डरसटमा निर्माणाधिन शिव मन्दिर तथा सांस्कृतिक केन्द्र र प्लमस्टिडको पहिलो हिन्दू (पशुपतिनाथ) मन्दिरमा पनि उनले सहयोग गरेका थिए।

 

प्रकाशित: ९ वैशाख २०७७ १०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App