१ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कटारी आइसोलेसनबाट भागेका एकसहित आठ जना क्वारेन्टाइनबाट घर फर्किए

खोटाङ– उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट भागेपछि खोटाङमा फेला परेका उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँका ३९ वर्षीय पुरुष र उनका आफन्त क्वारेन्टाइनबाट छुटेका छन् ।

भारतको सिलीगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कनेक्रममा कटारी आइसोलेसनमा राखिएको अवस्थामा चैत १४ गते भागेका उनलाई हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा आफन्तको घरमा बसिरहेको अवस्थामा फेला परेपछि स्वास्थ्य चौकी दुर्छिमको क्वारेन्टाइनमा राखिएको थियो ।

चैत २३ गतेदेखि स्वास्थ्य चौकी दुर्छिमको क्वारेन्टाइनमा राखिएका र उनका आठ जना आफन्तलाई हप्ता दिनसम्म होम क्वारेन्टीनमा बस्ने शर्तमा आईतबार छाडिएको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताए ।

चैत २८ गते उनकोे स्वाब बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेर गरिएको परिक्षणकाक्रममा कोरोना भाइरसको रिपोर्ट ‘नेगेटिभ’ देखिएको र क्वारेन्टाइनमा १४ दिन विताइसकेका कारण उनीहरुलाई छाडिएको हो । उनको सम्पर्कमा रहेका कारण दुई परिवारका आठ जना समेतलाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनबाट भागेपछि उनी हैदेमा छोरीको घरमा आइपुगेको खुलेको छ ।

गत चैत १२ गते कटारी आइपुगेका उनी मोवाईल, लुगाफाटा, झोला अस्पतालमै छाडेर तीन दिन नबित्दै आइसोलेसनबाट भागेको बताइएको छ । २१ जनाको समूहमा कटारी आइपुगेका उनलाई ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको थियो ।

आठ जना क्वारेन्टाइनमा
हलेसी तुवाचुङ नगरपालिकाले उदयपुरबाट घर आएका आठ जनालाई क्वारेन्टाइनमा राखेको छ । उदयपुरबाट गाउँ आएका चार जनालाई स्वास्थ्य चौकी दुर्छिममा र चार जनालाई स्वास्थ्य चौकी महादेवस्थानको क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित: ७ वैशाख २०७७ ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App